शिक्षा/स्वास्थ्य

नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि
काठमाडौं : नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो। दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी दिए ।

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं : शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्। ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन्। त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन्। बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन्। ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन्। सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छ...

ओमिक्रोन भेरियन्टको त्रास : अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह

ओमिक्रोन भेरियन्टको  त्रास :  अत्यावश्यक काम नपरी विदेश नजान सरकारको आग्रह
काठमाडौं : अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न सरकारले आग्रह गरेको छ। कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन्। यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका क...

छोरी आयुशीको जन्मदिनको अवसरमा आश्मा गुरुङद्वारा राममायाको उचारका लागि आर्थिक सहयोग

छोरी आयुशीको जन्मदिनको अवसरमा  आश्मा गुरुङद्वारा   राममायाको उचारका लागि आर्थिक सहयोग
चितवन : चितवनको इच्छाकामना गाउँपालिका २ बाँसपुरका राममाया गुरुङको उपचारका लागि आर्थिक सहयोग जुटीरहेको छ । हड्डीको टिबीका कारण कम्मरदेखि तल्लो भाग नचलेका गुरुङको आर्थिक अभावका कारण उपचार हुन सकेको थिएन । विगत केही बर्षदेखी हड्डीको टिबीका कारण थला पर्नुभएकी राम माया गुरुङको समाजसेवी इच्छाकामना ३ सिस्नेरी चौताराका तिर्सना गुरुङको पहलमा उपचार भइरहेको छ । यसैबिच चितवनको इछाकामना ३ चौताराका आश्मा गुरुङले आफ्नो छोरी आयुशी घलेको जन्मदिनको अवसरमा रामाया गुरुङको उपचारका लागि आर्थिक ...

एमाले १० औँ महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

एमाले  १० औँ महाधिवेशन :  स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश
चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताउनुभयो ...

इच्छाकामना पोलिक्लिनिकमा स्वास्थ्य शिविर, २५०जनाले गराए स्वास्थ्य जाँच तथा उपचार

इच्छाकामना पोलिक्लिनिकमा स्वास्थ्य शिविर, २५०जनाले गराए स्वास्थ्य जाँच तथा उपचार
कुरिनटार : चितवनको इच्छाकामना४ कुरिनटारमा एक दिने स्वास्थ्य शिविरमा सम्पन्न भएको छ । इच्छाकामना पोलिक्लिनिक कुरिनटार र मौलाकालिका अस्पताल चितवनको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । उक्त स्वास्थ्य शिविरमा २५० जनाले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् ।शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा विरामीको स्वास्थ्य जाँच तथा उपचार गराएका थिए । वरिष्ठ प्रसुती प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा.केशवराज भुर्तेल,वरिष्ठ रेडियोलोजिष्ट डा.रमेश घिमिरे र वरिष्ठ फिजिसियन पेट, छाती,मुटु थाइराइड, ...

राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा देव बहादुर गुरुङ चयन

राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा देव बहादुर गुरुङ  चयन
कुरिनटार : नेपाल राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा शिक्षक देव बहादुर गुरुङ चयन हुनुभएको छ समितिको आज सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा माझगाउँ माविका शिक्षक देव बहादुर गुरुङलाई चयन गरेको हो। अधिवेशनले समितिको सह–अध्यक्षमा रामप्रसाद त्रिपाठी, उपाध्यक्षमा दुर्गा पुरी, सचिवमा मदनकुमार चेपाङ, सह–सचिवमा माधव गिरी, कोषाध्यक्षमा कमला बुढाथोकी, सदस्यहरुमा सोविता थापा, युवराज गुरुङ, कञ्चन गुरुङ, विष्णु अधिकारी र दुर्गा गुरुङलाई चयन गरेको छ।

इच्छाकामना पोलिक्लिनिकको बार्षिकोत्सवको अवसरमा बृहत् स्वास्थ्य शिविर हुने

इच्छाकामना पोलिक्लिनिकको बार्षिकोत्सवको अवसरमा बृहत् स्वास्थ्य शिविर हुने
कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको इच्छाकामना पोलिक्लिनिक प्रा.लि दोश्रो बर्षमा प्रवेश गरेको छ । बार्षिकत्सवको अवसर पारेर बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । इच्छाकामना पोलिक्लिनिक कुरिनटार र मौलाकालिका अस्पताल चितवनको संयुक्त आयोजनामा यही कार्तिक १३ गते स्वास्थ्य शिविर हुने भएको हो । शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिने इच्छाकामना पोलिक्लिनिक कुरिनटारले जनाएको छ । शिविरमा उपलब्ध सेवाहरु १,वरिष्ठ प्रसुती प्रजनन तथा स्...

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ : ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबाल...

स.का. र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउन माग गर्दै एअनेशिसं इच्छाकामनाद्वारा गाउँपालिकाको ध्यानाकर्षण

स.का. र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउन माग गर्दै एअनेशिसं इच्छाकामनाद्वारा गाउँपालिकाको ध्यानाकर्षण
कुरिनटार :  एकिकृत अखिल नेपाल शिक्षक संगठन(एअनेशिसं ) इच्छाकामनाले विद्यालयका सहयोगी कार्यकर्ता (बाल कक्षका शिक्षक),र कार्यालय सहयोगीलाई संघिय सरकारको निर्णय बमोजिम तलब नदिएको भन्दै विरोध जनाएका छन् । संघिय सरकारले शिशु सहयोगी कार्यकर्तालाई रु. ८ हजार र स्थानिय सरकारले रु. ७ हजार गरि रु १५ हजार हुनुपर्नेमा गाउँपालिकाले थप गर्ने रकम मध्यबाट थोरै रकम थप भइ जम्मा तलब रु. १२ हजार मात्र भएको ,साथै कार्यालय सहयोगीका लागि संघिय सरकारको ८ हजार र स्थानिय सरकारले ७ गरि रु. १५ हजार हुनु...