शिक्षा/स्वास्थ्य

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको गाउँ स्तरीय परिषद् भेला सम्पन्न, नेपालको नेतृत्वमा नयाँ कमिटी गठन

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको गाउँ स्तरीय परिषद् भेला सम्पन्न, नेपालको नेतृत्वमा नयाँ कमिटी गठन
कुरिनटार, १२ भदौ । एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुन :  इश्वर नेपाल चयन हुनुभएको छ । संगठनको आज बसेको गाउँ स्तरीय परिषद भेलाले नेपालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नारायण भट्टराई, महिला उपाध्यक्षमा भगवती अर्याल, उपाध्यक्षमा ध्रुब अधिकारी, सचिवमा विर्ख बहादुर आले मगर सह–सचिवमा मदन कुमार चेपाङ र नारायण पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा कुल बहादुर मगर, हिमलाल अधिकारी, मान बहादुर राना, चन्द्र कुम...

पछिल्लो २४ घण्टामा चितवनमा ६७ जनामा कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा चितवनमा ६७ जनामा कोरोना संक्रमित थपिए
चितवन  :  चितवनमा पछल्लिो २४ घण्टामा ६७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ५० जना, माडीमा २ जना, रत्ननगर नगरपालिकामा १० जना, राप्तीमा २ जना, कालिकामा २ जना, र इच्छाकामना गाउपालिका १ जना थपिएका हुन् । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६३६ पुगेको छ । त्यसैगरी चितवनमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा चितवनका दुई, नवलपुरका एक र मकवानपुरका एक जना रहेका छन् । ...

पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२२२ रहेको छ भने संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम
चितवन :  सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो । एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने भन्दै आन्दोलन नै भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल ४१९ प्रकारका औषधि मात्रै रहेका छन् । उहाँका अनुसार साउन ६ गते फार्मेसीको स्टोरमा बीमाका औषधि २४४ प्रकारका मा...

आजदेखि इच्छाकामना गाउँपालिकामा १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने

आजदेखि इच्छाकामना गाउँपालिकामा १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने
कुरिनटार  : आज (बुधबार)देखि चितवनको इच्छाकामना गाउँपालिकामा कक्षा १२ मा अध्ययनरत एवं अन्तिम तथा पुनः परीक्षा दिने विद्यार्थीलाई कोभिड विरुद्धको खोप दिइने भएको छ । १८ वर्ष पुरा भई कक्षा १२ मा अध्ययनरत एवं अन्तिम तथा पुनः परीक्षा दिने विद्यार्थीहरुलाई भदौ ९ र १० गते खोप लगाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटार र नमुना गाउँ घर क्लिनिक मुग्लिनमा खोप कार्यक्रम सञ्चालन हुने हुने छ । खोप लगाउन जाँदा अनिबार्य रुपमा आफ्नो उमेर र परिचय खु...

भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा तत्काल गराउन निर्देशन

भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा तत्काल गराउन निर्देशन
काठमाडौं,८ भदौ । भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा तत्काल लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा तत्काल गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्र...

कोरोना महामारीको नाममा स्थानीय तहको ‘मनपरी’

कोरोना महामारीको नाममा स्थानीय तहको ‘मनपरी’
काठमाडौँ  :  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कोभिडको समयमा २४ हजार थान साबुन खरिद ग¥यो। तीमध्ये पाँच हजार दुई सय ६० वितरण भएको र एक सय ४४ वटा मौज्दात देखियो। तर, चार लाख ९० हजार मूल्यको १८ हजार पाँच सय ९६ थान साबुन ‘गायब’ छ। महालेखाको ५८ औं प्रतिवेदनअनुसार स्थानीय तहमा कोभिड नियन्त्रण, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्री खरिदमा मनपरि गरेको पाइएको छ। प्रतिवेदनका अनुसार महोत्तरीको मटवानी नगरपालिकाले क्वारेन्टाइन व्यवस्थापनामा २४ लाख रुपैयाँ खर्च ग¥यो।...

नेपालमै सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै , उपचारका लागि विदेश जान नपर्ने

नेपालमै सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै , उपचारका लागि विदेश जान नपर्ने
नारायण अधिकारी चितवन :  नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत यहीँ हुन थालेका हुन् । मुख्यरुपमा अङ्ग प्रत्यारोपण, ठूला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठूलो सङ्ख्यामा भारतका दिल्लीलगायतका शहरमा बिरामी जाने गरेक...

पछिल्लो २४ घण्टामा इच्छाकामनाका तीन सहित चितवनमा थपिए १३९ संक्रमित

पछिल्लो २४ घण्टामा इच्छाकामनाका तीन सहित चितवनमा थपिए १३९ संक्रमित
चितवन,३ भदौ । पछिल्लो २४ घण्टामा चितवनमा आज १३९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ८५ जना, खैरहनीमा चार जना, माडीमा १६ जना, रत्ननगर नगरपालिकामा ३७ जना, राप्तीमा चार जना र इच्छाकामनामा तीन जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३४९ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १९५ जना, अस्पतालको आइसोलेसनमा १५० जना र सार्वजनिक आइसोलेसनमा चार जना रहेका छन् । अहिलेसम्म चितवनमा कोरोना संक्रमणबाट ३७५...

कोरोना भाइरसविरुद्धको खोप लगाएरपछि मात्र कक्षा १२ को परीक्षा

कोरोना भाइरसविरुद्धको खोप लगाएरपछि मात्र कक्षा १२ को परीक्षा
काठमाडौ  :  कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ । सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले तीन लाख ७४ हजार जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिँदै त्यसमध्ये ८४५ जना विद्यार्थी मात्र खोप लगाउन बाँकी रहने देखिएको बताए...