चितवन : रोटरी क्लब अफ नारायणगढले भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबले अस्पताललाई ३ थान प्यासन मोनिटर हस्तान्तरण गरेको हो ।
Rotary Club of Limavady, the Rotary Club of Carrickfergus and the Rotary Club of Ballymoney in Northern Ireland को सहयोगमा प्यासन मोनिटर (paitent monitiors) हस्तान्तरण गरिएको रोटरी क्लब अफ नारायणगढका सचिव दिलिप तामाङले जानकारी दिनुभयो ।
अस्पतलका मेसु कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो । चितवनको सेरोफेरोमा रहेको सम्पूर्ण बिरामी बच्चाहरुको उपचारमा सहयोग पु¥याउने उदेश्यका साथ प्यासन मोनिटर सहयोग गरिएको सचिव तामाङले बताउनुभयो ।
यस क्लबका सर्भिस प्रोजेक्ट केयर रोटरियन गुनेश्वर महतोले २ लाख ४० हजार रुपैयाँ बरारबरको ३ वटा मोनिटर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । यसबाटविपन्न बिरामी बालबच्चाहरुले नि : शुल्क सेवा पाउने बताउनुभयो । साथै उहाँले विभिन्न देशका रोटरी क्लबको सहकार्यमा यस रोटरी क्लबले विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आइरहेको बताउनुभयो । धेरै बिरामीहरु लाभान्वित हुने क्लबले विश्वास लिएको छ ।
रोटरी क्लबका जोन २९ असिस्टेन गभर्नर सरद गोपाल न्याछुँको प्रमुख अतिथि तथा रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अरुणकुमार खनालको सभापतित्वमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।