राजनीति

नेकपा एमाले इच्छाकामनाको अध्यक्षमा प्रकाश अधिकारी

नेकपा एमाले इच्छाकामनाको अध्यक्षमा प्रकाश अधिकारी
इच्छाकामना :  नेकपा एमाले इच्छाकामना गाउँकमिटिको अध्यक्षमा प्रकाश अधिकारी सर्वसम्मत चयन भएको छ । पार्टीको शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय नेकपा एमाले इच्छाकामना गाउँकमिटि सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा लक्ष्मण चेपाङ, सचिवमा बोधराज गोले, उपसचिवमा शान्ता पाण्डे त्रिपाठी र कृष्ण गुरुङलाई चयन गरेको छ । एमाले इच्छाकामना गाउँकमिटि अध्यक्ष नर बहादुर नेपालको सभापतित्वमा सम्पन्न अधिवेशनको समुद्घाटन कार्यक्रममा नेकपा एमालेका ...

मुग्लिनमा माओवादी केन्द्रको खबरदारी सभा सम्पन्न

मुग्लिनमा माओवादी केन्द्रको खबरदारी सभा सम्पन्न
मुग्लिन : नेकपा माओवादी केन्द्र इच्छाकामनाले मुग्लिनमा खबरदारी सभा सम्पन्न गरेको छ । बेतिथि भ्रष्ट्राचार र सरकारको जनविरोधी कदमविरुद्ध खबरदारी सभा आयोजना गरेका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी  भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । खबरदारी सभालाई सम्बोधन गर्नुहुदैँ केन्द्रिय सदस्य भट्टराईले अहिलेको सरकार भष्ट्रचारीलाई बचाउनका निम्ति बनेको आरोप लगाउनुभयो । अहिले पालिका स्तरमा खबरदारी सभा भएको र सरकारले भष्ट्रचारीलाई कारबाही नगरे नसच्चिए लाखौँ ...

मुग्लिनमा मंसिर २९ गते माओवादी केन्द्रले खबरदारी सभा

मुग्लिनमा मंसिर २९ गते माओवादी  केन्द्रले खबरदारी सभा
इच्छाकामना :  नेकपा माओवादी केन्द्रले मंसिर २९ गते खबरदारी सभा गर्ने भएको छ । बेतिथि भष्ट्राचार, महंगी र सरकरको जनविरोधी कदमकाविरुद्ध नेकपा माओवादी केन्द्र इच्छाकामनाले मुग्लिनमा खबरदारी सभा गर्ने भएको हो ।

नेकपा माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा खगराज गौली

नेकपा माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा खगराज गौली
आँबुखैरेनी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा  खगराज गौली चयन भएका छन् ।  मङ्गलबार सम्पन्न  गाउँ  कमिटीको दोस्रो अधिवेशनले  अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।  वडा नं ३ स्थित हाडबजारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा  सम्पन्न अधिवेशनले गौलीको अध्यक्षता ४५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गंगाराम कोइराला, अग्रेजी श्रेष्ठ, किशान थापा, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा कमला पन्त, ...

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित

कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोल निर्वाचित
काठमाडौँ :  स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल  पाँच हजार ३३४ मत ल्याए विजयी भएका हुन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याएका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत पाएका छन् ।

नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी

नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी
जाजरकोट: जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन्। लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन्। एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाइन्।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही विजयी

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही विजयी
काठमाडौं : दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। कांग्रेसका उम्मेदवार झलक भण्डारीलाई ४५२ मतान्तरले पराजित गर्दै शाही अध्यक्ष निर्वाचित भएका हुन्।शाहीलाई कुल ३ हजार १२७ मत प्राप्त गरे भने भण्डारीले २ हजार ६७५ मत ल्याए। यस्तै माओवादीका जंगबहादुर बहादुर बरालले ८४२ मत ल्पाए। रास्वपाका प्रकाश बुढाले ११२ मत पाए। यहाँ १२ हजार ६१४ मतदाता रहेकामा ६ हजार ९८९ मत खसको थियो । यो गाउँपालिकामा यसअघि कांग्रेसका लक्षुमन गुरुङ निर्वाचित भएका थिए।।...

ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी

ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी
मोरङ :  मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।माझीले ६९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन् । थारुले ५३३३ मत ल्याएर दोस्रो भए । यहाँ एमालेका तुलसीराम विश्वासले ४१५९ मन ल्याएका छन् । ग्रामथानमा यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए । माओवादीका विजयकुमार सरदार तेस्रो भएका थिए ।

नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा सुक बहादुर गुरुङ

नेकपा माओवादी केन्द्र इच्छाकामना २ को अध्यक्षमा सुक बहादुर गुरुङ
काउले :  नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँपालिका २ को अध्यक्षमा सुक बहादुर गुरुङ चयन हुनुभएको छ । आज माथिल्लो काउलेमा सम्पन्न वडा सम्मेलनले गुरुङलाई अध्यक्षमा चयन गरिएको छ । यसेबिच उपाध्यक्षमा दीपक मगर, सचिवमा विपिन मगर र कोषाध्यक्ष पार्वती थापालाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्र वडा नम्बर २ का अध्यक्ष प्रकाश बुढाथोकीको सभापतित्व तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा गाउँपालिका संयोजक सावित्री सिलवाल, सचिव र...

उपनिर्वाचन : पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति

उपनिर्वाचन : पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति
काठमाडौं:  स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगले ९ वटा संस्थालाई अनुमति दिएको छ।आयोगले गत कात्तिक २६ को निर्णयअनुसार पर्यवेक्षणका लागि आवेदन माग गरेको थियो। ती संस्थालाई सकभर सबै मतदानस्थलमा प्रति संस्था बढीमा दुई जनाको दरले खटाउने गरी आयोगबाट निर्णय भएको थियो। उपनिर्वाचनमा परिचालन हुने पर्यवेक्षक संघसंस्था र व्यक्तिहरुसँग आज अन्तरक्रिया सम्पन्न गरेको थियो। अन्तरक्रियामा कार्यक्रममा पर्यवेक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिका र पालना गर्नुपर्ने आचारसंहि...