मुग्लिन : नेकपा माओवादी केन्द्र इच्छाकामनाले मुग्लिनमा खबरदारी सभा सम्पन्न गरेको छ । बेतिथि भ्रष्ट्राचार र सरकारको जनविरोधी कदमविरुद्ध खबरदारी सभा आयोजना गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी  भट्टराईको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । खबरदारी सभालाई सम्बोधन गर्नुहुदैँ केन्द्रिय सदस्य भट्टराईले अहिलेको सरकार भष्ट्रचारीलाई बचाउनका निम्ति बनेको आरोप लगाउनुभयो । अहिले पालिका स्तरमा खबरदारी सभा भएको र सरकारले भष्ट्रचारीलाई कारबाही नगरे नसच्चिए लाखौँ जनता उतारेर अझै ठूला ठूला खबर दारी सभा सिंहदरबार केन्द्रित गर्ने बताउनुभयो ।  अहिले पालिका स्तरमा खबरदारी सभाहरु भइरहेको छ, अझै भष्ट्रचारीलाई कारबाही नगरे लाखौँ जनताको साथमा अझै ठूलो खबरदारी लिएर सिंहदरबार जानेछौँ । उहाँले भन्नुभयो,“यो सरकार फेरिनेवाला छैन सच्चिनेवाला पनि छैन,अहिलेको सरकार भ्रष्टाचार  छोप्न  र  आफ्नालाई जेल जानबाट बचाउन बनेको हो । ”

कार्यक्रममा जिल्ला इन्चार्ज घनश्याम दाहाल अविनासले  अहिलेको सरकार जनताको दुखको सारथी नभएको  बताउनुभयो । मिटर ब्याजी र सहकारी पीडितलाई न्याय दिन सरकारले कुनै कदम नचालेको  बताउनुभयो । बाढीपहिरोका बेला उद्धार र राहातमा सरकारले आफ्नो भुमिका निर्वाह गर्न नसकेको र माओवादी केन्द्रले उद्धार र राहातमा अग्रभागमा रहेर भूमिका निर्वाह गरेको बताउनुभयो । अहिले माओवादी केन्द्र तर्फ जनलहर बढेको उहाँको भनाई छ । स्थानीय तहको उपनिर्वाचनमा  प्राप्त गरेको नतिजाले  कांग्रेस एमाले एक्लै निर्वाचनमा जान सक्ने अवस्था नरहेको उहाँको भनाई छ ।
साथै उहाँले  इच्छाकामनाका भूकम्पबाट विस्थापित भएकाहरुलाई विकल्प नदिई  अहिले बसीरहेको स्थानबाट हटाए माओवादी केन्द्रले प्रतिवाद गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो,“सरकारले सिमलढापमा बसीरहेको भूकम्प पीडित सुकुम्बासीलाई सो स्थानबाट हट्न पत्र काटेको छ, विकल्प नदिई सुकुम्बासी हटाएमा हाम्रो पार्टीले सशक्त प्रतिवाद गर्छ । ”
कार्यक्रममा कवि कृष्णप्रसाद पोखरेलले कविता मार्फत खबरदारी गर्नुभएको थियो ।  जिल्ला सचिव दोर्णबाबु सिवाकोटीले अहिलेको सरकार कुशासनको चाङमा फसेको बताउनुृभयो । कार्यक्रममा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ-मौसम_,इच्छाकामनाकी संयोजक सावित्रा सिलवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम इच्छाकामनाका सचिव रामहरि कडेँलले सञ्चालन गर्नुभएको थियो ।