आँबुखैरेनी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र आँबुखैरेनीको अध्यक्षमा  खगराज गौली चयन भएका छन् ।  मङ्गलबार सम्पन्न  गाउँ  कमिटीको दोस्रो अधिवेशनले  अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।  वडा नं ३ स्थित हाडबजारमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा  सम्पन्न अधिवेशनले गौलीको अध्यक्षता ४५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गंगाराम कोइराला, अग्रेजी श्रेष्ठ, किशान थापा, सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा कमला पन्त, कोषाध्यक्षमा गंगाा विक लगाएत ४५ सदस्यीय समिति गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र  आँबुखैरेनी गाउँ कमिटीले जनाएको छ ।