देश / समाज
गण्डकी गाउँपालिकाको जनहितमा जारी सूचना
कुरिनटारमा जेठ ४ गते अपाङ्गता पहिचान परिक्षण घुम्ती शिविर हुदैँ
इच्छाकामना : चितवनको इच्छाकामनामा अपाङ्गता पहिचान परिक्षण घुम्ती शिविर हुने भएको छ । इच्छाकामना गाउँपालिका र विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा १८ बर्ष सम्मका शारिरिक अपाङ्गगता भएका बालबालिकाका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा जेठ ४ गते आइतबार अपाङ्गता पहिचान परिक्षण घुम्ती शिविर हुने भएको हो ।
घुम्ती शिविरमा जन्मतजात खुट्टाको पैतलाा भित्र वा बाहिर फर्केको क्लब फुट,आगोले पोलेर अंगहरु एकआपसमा ...
गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
गोरखा : गण्डकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना (सकार)को अध्यक्षतामा बुधबार गाउँपालिकाको कार्यालय परिसरस्थित सभा हल, तोमनडाँडामा सार्वजनिक सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाले आर्जन गरेका आम्दानी, खर्चको विवरण तथा हालसम्म सम्पन्न कार्यक्रमहरूको प्रगति सार्वजनिक गरिएको थियो।
सार्वजनिक सुनुवाईमा सहभागीहरुबाट आएका जिज्ञासा तथा प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना ,उपाध्यक्ष ललिता अधिकारी वडाध्यक्ष तथा ...
सरकारी नीतिको दुरुपयोग गर्दै चितवन मेडिकल कलेज(सिएमसी),सर्वसाधरणलाई भ्रमित पार्ने विज्ञापन
सुमन सुवेदी
भरतपुर : चितवन मेडिकल कलेज (CMC) ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट क्यान्सर पीडितहरूलाई दिइने निःशुल्क उपचार सुविधा (३ लाखसम्मको) लाई आफूले प्रदान गर्ने सेवा हो भन्ने भ्रामक आशयसहितको ठूलो होर्डिङ बोर्डमार्फत प्रचार गरिरहेको पाइएको छ।सरकारले जारी गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत गम्भीर रोगहरू, जस्तै क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी आदि उपचारका लागि निश्चित शर्तमा अधिकतम ३ लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराइन्छ। यो सुविधा सरकारी य...
सर्व शान्ति २०६२ एसएलसी ब्याचद्वारा आलडाडाँका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
इच्छाकामना : सर्व शान्ति माध्यमिक विद्यालय २०६२ एसएलसी ब्याचद्वारा राष्ट्रिय आधारभूत विद्यालय आलडाडाँ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरका छन् ।
गाउँपालिका पूर्व अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यतामा झोला, कापी, कलम लगायत शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
विद्यायका ४३ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
सर्व शान्ति माध्यमिक विद्यालय २०६२ एसएलसी ब्याचका विद्यार्थीहरुले आफै रकम संकलन गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो ।
संयोजक धन बहादुर बानियाँ सह–...
तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न
इच्छाकामना : चितवनको इच्छाकामना ४ लेवाटामा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा नम्बर ४ को कार्यालयको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफ एम कुरिनटारको सहजिकरणमा वैशाख २८ गतेदखि सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको हो ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस तालिममबाट सहभागीहरुले प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । बोल्न सक्ने कलाले महिलाहरुमा आत्मविश्वास बढ्ने उहाँको भनाई छ । गाउँपालिकाले महिलाहरुक...
सेवा अहिले नेपाल काठमाडौँद्वारा विद्यार्थीलाई स्टेसनरी बितरण
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका ४ स्याक्लाङ स्थित श्री चक्रदेवी राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामान बितरण गरिएको छ ।
इच्छाकामना ५ मुग्लिङ बजारका सामाजिक अभियन्ता तथा मुग्लिङ चर्चका पास्टर बिनोद बागदसको पहलमा सेवा अहिले नेपाल काठमाडौँले झोला, कापी कलम लगायत विभिन्न स्टेसनरी सामानहरु वितरण गरेका हुन् ।
वडा न. ४ को अध्यक्ष रुद्र प्रसाद उप्रेती लगायतको उपस्थितिमा स्टेसनरी सामानहरु वितरण गरिएको हो ।
लेवाटारमा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सुरु
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित लेवाटारमा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सुरु भएको छ । इच्छाकामना वडा नम्बर ४को आयोजनामा महिलाहरुका लागि आइतबारदेखि तालिम सुरु भएको हो ।
तालिमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले उद्घाटन गर्नुभयो ।कार्यक्रममा वडासचिव वालकृष्ण भण्डारी,सामाजिक शाखाकी पार्वती मगराती र लेखा शाखाकी विपना सुर्यवंशी लगायतको आतिथ्यता रहनुभएको थियो । वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको अध्यक्षतामा समुद्घाटन सम्पन्न भएको हो ।
...









