इच्छाकामना :  चितवनको इच्छाकामनामा  अपाङ्गता पहिचान परिक्षण घुम्ती  शिविर हुने भएको छ । इच्छाकामना गाउँपालिका र विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा  १८ बर्ष सम्मका शारिरिक अपाङ्गगता भएका बालबालिकाका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा जेठ ४ गते आइतबार अपाङ्गता पहिचान परिक्षण घुम्ती  शिविर  हुने भएको हो ।
घुम्ती शिविरमा जन्मतजात खुट्टाको पैतलाा भित्र वा बाहिर फर्केको क्लब फुट,आगोले पोलेर अंगहरु एकआपसमा टाँसिएको,भाँचिएर बाङ्गगो भएका वा हड्डी नजोडिएको, ढाड बाङ्गो वा कुप्रो भएको,जोर्नीहरु र घुडाँको पाङ्ग्रो खुस्किएको ,जोर्नीहरु दुख्ने र सुन्निने समस्या र ओठ ताल्ु फाटेको, हड्डीको विभिन्न प्रकारको समस्यबाट अपाङ्गता भएको ,औँलाहरु एकआपसमा टाँसिएको वा बढी भएको,शरिरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको लुलो र अन्य हड्डी हाडजोर्नी सम्बन्धि समस्या भएकाहरुको जाँच गरिने छ ।

शिविर विहान ९ बजेदेखि सुरु हुने छ ।