इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित लेवाटारमा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सुरु भएको छ । इच्छाकामना वडा नम्बर ४को आयोजनामा महिलाहरुका लागि आइतबारदेखि तालिम सुरु भएको हो ।
तालिमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले उद्घाटन गर्नुभयो ।कार्यक्रममा वडासचिव वालकृष्ण भण्डारी,सामाजिक शाखाकी पार्वती मगराती र लेखा शाखाकी विपना सुर्यवंशी लगायतको आतिथ्यता रहनुभएको थियो । वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीको अध्यक्षतामा समुद्घाटन सम्पन्न भएको हो ।
लेवाटारको एकिकृत सामुदायिक भवनमा ३० गते सम्म तीन दिन चल्ने तालिमको सामुदायिक रेडियो इच्छाकामना एफएमले सहजीकरण गरेका हुन् । तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको छ ।

इच्छाखबर संवाददाता












