इच्छाकामना : चितवनको इच्छाकामना ४ लेवाटामा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा नम्बर ४ को कार्यालयको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफ एम कुरिनटारको सहजिकरणमा वैशाख २८ गतेदखि सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको हो ।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस तालिममबाट सहभागीहरुले प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । बोल्न सक्ने कलाले महिलाहरुमा आत्मविश्वास बढ्ने उहाँको भनाई छ । गाउँपालिकाले महिलाहरुको क्षमता विकास तथा आत्मनिर्भर बनाउनका लागि विभिन्न आयआर्जन मुलक तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो । महिलाहरुलाई आर्यआर्जनमा जोड्नका लागि आवश्यक सीप तालिमहरु सञ्चालन गरिने प्रतिवद्धता जनाउनुभयो ।
उपाध्यक्ष माया सिलवालले तीन दिनको तालिम पश्चात सहभागीहरुले अगाडी आएर माइक समातेर बोल्न सक्ने भएकोमा बधाई दिनुभयो । तालिमको आयोजना गर्ने वडा कार्यालय ,सहजीकरण गर्ने इच्छाकामना एफएम र प्रशिक्षकहरुलाई धन्यवाद दिनुभयो ।
उपाध्यक्ष सिलवालले आगमी बर्षमा माग भएमा थप पुर्नताजिकरण तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो । क्षमता अभिवृद्धि गर्दै आगामी दिनमा सामाजिक कार्यहरुमा अग्रसर हुन आग्रह गर्नुभयो । महिलाहरु नेतृत्व गर्नका लागि आफै अग्रसर हुनुपर्ने उहाँको भनाई छ ।
वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले महिलाहरुलाई शसक्त बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो सक्रियरुपमा तालिममा सहभागी भएकामा सहभागीहरुलाई धन्यवाद दिनुभयो । महिलाहरुको क्षमता विकास लागि तीन दिनमा अगाडी आएर निर्धक्करुपमा आफ्नो कुरा राख्नुसाथै उद्घोषण समेत गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
आगमी बर्षहरुमा पनि महिलाहरुको क्षमता विकसा तथा आयआर्जनवृद्धिका वडा तथा गाउँपालिकाले आवश्यक सीपहरु प्रदान गर्ने बताउनुभयो ।
तालिममा सहभागी ओम माया श्रेष्ठले आफुलाई तालिमबाट बोल्नका लागि आत्मविश्वास बढेको बताउनुभयो । तालिमको अवसर प्रदान गरेकोमा वडा र गाउँपालिकालार्य धन्याद दिनुभयो । साथै श्रेष्ठले यहाँका महिलाहरुलाई सपीमुलक तालिमहरु आवश्यक रहेकाले ती तालिमहरु सञ्चालन गर्न माग गर्नुभयो ।
तालिमले आफुहरुलाई बोल्ने कला र नेतृत्व लिनका लागी अग्रसर हुन आत्मविश्वास बढाएको सहभागीहरुले बताएका थिए ।
तालिममा इच्छाकामना एफएमका कार्यक्रम संयोज सञ्जय पोखरेल,कान्तिपुर दैनिकका पत्रकार विवेक पोखरेल र रेडियोकर्मी पत्रकार सुमन सुवेदी प्रशिक्षक रहनुभएको थियो । तीन दिने तालिममा १६ जना महिलाहरुको सहभागिता रहेका थिए ।
इच्छाखबर संवाददाता












