देश / समाज

चितवनमा गुडिरेहको बसमा राति आगलागी

चितवनमा  गुडिरेहको बसमा राति आगलागी
चितवन : रत्ननगर नगरपालिका- १६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ।गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो। आगलागीबाट बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस चितवन शक्तिखोर बस्ने ५२ वर्षीय कुल बहादुर रायमाझीको रहेको र चालक पनि उनी आफै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। बसमा चालक मात्रै रहेका थिए । आगो राति नै नियन्त्रणमा लिएको प्रहरीले ...

इच्छाकामना अस्पतालमा स्वास्थ्य बिमाको सेवा सुरु

इच्छाकामना अस्पतालमा स्वास्थ्य बिमाको सेवा सुरु
इच्छाकामाना :   चितवनको इच्छाकामना गाउँपालिकाद्वारा सञ्चालित इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा स्वास्थ्य बिमाको सेवा सुरु गरिएको छ । बिहीबार वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले  बिमा सेवाको शुभारम्भ गर्नुभएको हो । सेवा सुभारम्भ गर्नुहुदैँ मन्त्री  थापा मगरले बागमती प्रदेश सरकारले विपन्न, सीमान्तकृत ,अल्पसङ्याक दलितका लागि निशुल्क स्वस्थ्य बीमाको व्यवस्था गरिएको बताउनुभयो ।    ती समुदायका लागि बीमा गर्दा लाग्ने रु तीन हजार पाँच सय  प्रदेश सकारले  बेहोरी रहेको...

गोरखाको गण्डकीमा फेला परेको ९.५ फिट लामो अजिङ्गरलाई उद्धार गरि चितवनमा छाडियो

गोरखाको गण्डकीमा फेला परेको ९.५ फिट लामो अजिङ्गरलाई उद्धार गरि चितवनमा छाडियो
गोरखा,१७ वैशाख  : गोरखाको गण्डकी गाउँपालिका ६ स्थित केराबारी सामुदायिक बनमा फेला परेको अजिङ्गगरलाई उद्धार गरि सुरक्षित स्थानमा छाडिएको छ । आज बुधबार  सकुशल उद्वार गरि चितवनको सामुदायिक बनमा छाडिएको हो । ९.५ फिट लामो उक्त अजिङ्गर बर्मिज पाइथन प्रजातिका रहेको सब डिभिजन बन कार्यालय घ्यालचोका कार्यालय प्रमुख बन अधिकृत रबि आनन्द गोपालीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले अजिङ्गगर देखेपछि सब डिजिन बन कार्यालय घ्याल्चोकमा खबर गरेका थिए । वडाध्यक्ष तूल बहादुर गुरुङ,केराबारी...

सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रम ओली

सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रम ओली
मुग्लिन (चितवन), ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन रु ३० करोड ९० लाखमा निर्माण भएको हो । प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सि...

शिक्षा पहुँचमा गाउँपालिकाको अग्रसर, आँबुखैरेनी क्याम्पसमा क्याम्पस बस सेवा सुरु हुने

शिक्षा पहुँचमा गाउँपालिकाको अग्रसर, आँबुखैरेनी क्याम्पसमा क्याम्पस बस सेवा सुरु हुने
आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसलाई  बस उपलब्ध गराउने भएको छ ।आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, क्याम्पस प्रमुख भवदत्त शर्मा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा र आँबुखैरेनी क्याम्पसका स्ववियु अध्यक्ष निशान मगरले एक सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरी यही २०८२ वैशाख ७ गते आइतबारदेखि पालिकाले क्याम्पसका विद्यार्थीहरूका लागि बस सञ्चालनमा ल्याउने भएको हो । विद्यार्थीको सहजताका लागि गाउँपालिकाले बस उपलब्ध गराउने सम्झौतामा उल्ले...

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार कुरिनटार आउनुहुदैँ

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार  कुरिनटार आउनुहुदैँ
इच्छाकामना :   प्रधानमन्त्री केपी शर्मा ओली  यही वैशाख ५ गते कुरिनटार आउँदै हुनुहुन्छ ।  गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार  इच्छाकामना गाउँपालिकाको  कुरिनटारमा नवनिर्मित प्रशासकिय भवनको उद्घाटन गर्न प्रधानमन्त्री ओली कुरिनटार आउन लाग्नुभएको हो । ५ गते शुक्रबार बिहान १० बजे भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

यू-१९ विश्वकप एशिया छनोट : हङकङलाई हराउँदै नेपाल फाइनलमा

यू-१९ विश्वकप एशिया छनोट : हङकङलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ :  नेपाल यू-१९ विश्वकप एशिया छनोटको फाइनलमा पुगेको छ। आज भएको खेलमा हङकङविरुद्ध ९ विकेटको शानदार जित हासिल गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। जितका लागि हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२ ओभर ३ बलमा १ विकेटमात्र गुमाएर भेट्टायो।नेपालको जितमा साहिल पटेलले अविजित रहँदै सर्वाधिक ४२ तथा कप्तान नरेन भट्टले ३९ रन जोडे। निरजकुमार यादवले २३ रन बनाए। त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङमा तानिएको हङकङले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर ...

मुग्लिनमा भोली न्यू इयर फुड एण्ड म्यूजिक फेस्ट २०८२ हुदैँ, चर्चित गायिक शान्तारानी परियार लगायतको प्रस्तुती रहने

मुग्लिनमा भोली  न्यू इयर फुड एण्ड  म्यूजिक फेस्ट २०८२ हुदैँ, चर्चित गायिक शान्तारानी परियार लगायतको प्रस्तुती रहने
मुग्लिन:  चितवनको इच्छाकामना ५ मुग्लिनमा भोली न्यू इयर फुड एण्ड फेस्ट २०८२ हुने भएको छ । नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदानसहित कार्यक्रम हुने भएको हो । मगर संघ मुग्लिन इकाइ समितिको आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छन् । चर्चित गायिका शान्तारानी परियार,पृथ्वी गुरुङ, चन्द्र परियार,सरिता गुरुङ, गोविन्दबाबु रिजाल, सक्षम सिलवाल लगायतको प्रस्तुती रहने कार्यक्रमका संयोजक राकेश थापाले जानकारी दिनुभयो । साथै दी एपोलो ब्याण्ड मुग्लिन...