इच्छाकामना : चितवनको इच्छाकामना  गाउँपालिका ४ स्याक्लाङ स्थित श्री चक्रदेवी राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामान बितरण गरिएको छ ।
इच्छाकामना ५ मुग्लिङ बजारका सामाजिक   अभियन्ता तथा   मुग्लिङ चर्चका पास्टर बिनोद बागदसको पहलमा सेवा अहिले नेपाल काठमाडौँले झोला, कापी कलम लगायत विभिन्न स्टेसनरी सामानहरु वितरण गरेका हुन् ।
वडा न. ४ को अध्यक्ष रुद्र प्रसाद उप्रेती लगायतको उपस्थितिमा स्टेसनरी सामानहरु वितरण गरिएको हो ।