आज राष्ट्रिय सभा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण
काठमाडौं, १५ माघ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन आयोगले आव चुनाव चिह्न प्रदान गर्दैछ। सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यामार्फत अन्तिम नामावली प्रकाशन हुने भएको हो।
दिउँको ४ बजे नामावली प्रकाशन र त्यसपछि निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। उम्मेदवारी दिएका ८३ मध्ये आयोगले एक जनाको उम्मेदवारी रद्द गरेको छ। प्रदेश नम्बर ४ अन्तर्गत अपांगता कोटाबाट उम्मेदवारी दिएका एमालेका रामबहादुर ...