चितवन, १० माघ । चितवनसहित आज देशका विभिन्न भाग सिसि पानी पर्न सुर गरेका छ । काठमाडौं उपत्यकामा जमिन भिज्ने गरी यसबर्षको पहिलो हिउँद वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतया हिउँदको शुरुवाती महिनामा नै पानी पर्ने भएपनि यसपाली ढिलो गरी वर्षा भएको छ । आज पश्चिमी क्षेत्रमा भने जमिन भिज्ने गरी पानी पर्ने अनुमान रहेको विभागको छ ।

यसअघि काठमाडौं र पश्चिमका केही क्षेत्रमा फाट्टफुट्ट पानी परेको थियो । महाशाखाका अनुसार आज देशभरीकै मौसम बदली भएको छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्नेछ । आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पश्चिमी क्षेत्र र राति पूर्वी क्षेत्रमा प्रभाव पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रँदा देशभरीकै मौसम बदली भई पानी परेको हो । यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात हुने महाशाखाको भनाई छ ।