चितवन, १९ फागुन । नारायणगढ–मुग्लिन सडक खण्ड आज देखि दैनिक पुन ६ घण्टा बन्द हुने भएको छ ।
नेपालीहरुको महान् चाड होली पर्व २०७४ लाई मध्यनजर गरि फागुन १७ र र १८ गते दुई दिन नारायणगढ–मुग्लिन चौविसै घण्टा  खुला गरिएको थियो ।

रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड होली पर्वको अवसरमा दुई दिन खुला गरिएको हो ।

यस नारायणगढ मुग्लिन सडक हरेक दिन विहान १० बजे देखि दिउँसो ४ बजे सम्म बन्द गरि काम गर्दै आएको छ ।
यस सडकमा अहिलेसम्म ७४ प्रतिशत मात्रै काम पूरा आयोजनाले जनाएको छ ।