देश / समाज

त्रिशुलीमा ट्रक खस्दा दुई घाइते

त्रिशुलीमा ट्रक खस्दा दुई घाइते
चितवन, १ वैशाख  ।  वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको नाम, थर खुल्न सकेको छैन । बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखे पछि उनीह...

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले गरे राराबाट सम्बोधन, यस्ता छन प्रतिबद्धता

नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले गरे राराबाट सम्बोधन, यस्ता छन प्रतिबद्धता
काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान रारा पुगेर सम्बोधा गरेका छन् ।नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगुका पुगेका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विधिको शासन कडाइका साथ लागू गर्ने घोषणा गरेका छन् ।उनले स्वतन्त्र न्यायपालिका र लोकतान्त्रिक विधिको शासन स्थापना गरिने बताए ।प्रधानमन्त्री ओलीले आत्मविश्वासको कमी र केही बेथितीहरु हुँदा मुलुकले विकासमा फड्को मार्न नसक...

नारायणगढ–मुग्लिन सडक आज नयाँ वर्षका दिन बन्द नहुने

नारायणगढ–मुग्लिन सडक आज नयाँ वर्षका दिन बन्द नहुने
चितवन, १ बैशाख । राजधानी काठमाडौँसगँ जोड्ने नारायणगढ–मुग्लिन सडक आज नयाँ वर्षका दिन भने पुरै समय खुल्ने छ । हाल दिउँसो ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहेको छ ।चितवन जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार नारायणगढ–मुग्लिन सडक आयोजनाले बैशाख १ गते शनिबारका दिन सडक बन्द नगर्ने निर्णय गरेको छ । ‘अरु बेला बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरेर निर्माणको काम हुँदै आएको नारायणगढ मुग्लिन सडक नयाँ वर्षको दिन खुल्ला रहने भएको छ,’ प...

गायिक/मोडल सिर्जुले हात परिन् बहुमुखी प्रतिभा छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४

गायिक/मोडल सिर्जुले हात परिन् बहुमुखी प्रतिभा छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४
चितवन, १ बैशाख । । राप्ती समाज काठमाडौंले हरेक वर्षझैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरु म्युजिक अवार्ड वितरण गरेको छ । समाजले “ छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड– २०७४” का लागि विभिन्न ३५ विधामा उत्कृष्ट अवार्ड वितरण गरेको हो । सो अवसरमा यस बर्षको बहुमुखी प्रतिभा अवार्ड लोकप्रिय चर्चित गायिका सिर्जु अधिकारीले हात परेकी छिन् । उनको प्यारा प्यारा बोल गीतलाई उक्त अवार्ड दिएको राप्ती समाजले जनाएको छ । गायन क्षेत्रमा विगत एक दशक देखि अलग पहिचान भिन्न प्रस्त...

अपराधीक घटनामा लागेको अभियोगमा चितवनमा विप्लवका ५ कार्यकर्ता पक्राउ

अपराधीक घटनामा लागेको अभियोगमा चितवनमा विप्लवका ५ कार्यकर्ता पक्राउ
चितवन, २७ चैत । चितवनमा अपराधीक घटनामा सलग्न भएको भन्दै चितवन प्रहरीले विप्लव निकट ५ कार्यकर्तालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्ने भरतपुर क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा विस्फोट गराउने जिल्ला सदस्य दिवस भुषाल र भरतपुरको १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी माथि आक्रमण प्रयास गर्ने ४ जान गरि जम्मा ५ जना विप्लव कार्यकर्ता पक्राउ गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए । जस मध्ये अनुसन्धानमा नै रहेको भन्दै ४ जनाको नाम भने सार्वजनिक नगरेको उनले बताए । पक्राउ ...

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र नियुक्त

काठमाडौं, २७ चैत । सरकारले नेपाल प्रहरी र शसस्त्र प्रहरीको संगठनमा नयाँ महानिरीक्षक नियुक्त गरेको छ ।दुवै संगठनका हालका महानिरीक्षक प्रकाश अर्याल र सिंहबहादुर श्रेष्ठले बुधबारबाट एकसाथ अवकाश पाउँदैछन् । नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरिएको छ ।मन्त्रिपरिषदको मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।नेपाल प्रहरीको २६औं महानिरीक्षक नियुक्त भएका खनाल वि।सं। ...

मुग्लिनका साँघुरा पुलले यात्रुलाई सास्ती

मुग्लिनका साँघुरा पुलले यात्रुलाई सास्ती
चितवन, २७ चैत । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताउनुभयो । “सडक निर्माण भएको स्थानमा समस्या छैन, नेपालले भन्नुभयो, पुलको मुखमा दुई वटा गाडी नछिर्दा हिजोआज पनि घण्टौँ जामक...

७४ बर्षपछि यसरी पुरा भयो काउलेकी सुकमाय चेपाङको नागरिकता पाउने सपना

७४ बर्षपछि यसरी पुरा भयो काउलेकी सुकमाय चेपाङको नागरिकता पाउने सपना
हिरालाल गुरुङ इच्छाकामना,२४ चैत । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा शुक्रबार ७४ बर्षिय साविकको काउल गाविसकी सुक माया चेपाङले नागरिकता लिएकी छिन् । इच्छाकामना गाउँपालिका वडा न १ हातीवाङमा घण्टौको बाटो हिँडेर आएकी सुकमायाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । यसैबीच वडा न १ कै साइरालीका ७२ बर्षिय डिल कुमारी चेपाङले पनि नागरिकता लिएकी छिन् । आर्थिक अभाव र श्रीमान् अपांग भएका कारण नागरिकता बनाउनका लागि जिल्...

​इच्छाकामनामा २५ गते देखि कुष्ठ रोग निवारण अभियान संचालन गरिने

​इच्छाकामनामा २५ गते देखि कुष्ठ रोग निवारण अभियान संचालन गरिने
चितवन, २२ चैत । चितवनमा कुष्ठरोग निवारण अभियान संचालन हुने भएको छ । कुष्ठरोग निवारणका लागि चैत २५ गते देखि २९ गते सम्म ५ दिन अभियान संचालन गर्ने भएको हो । यसैबीच इच्छाकामना गाउँपालिकामा पनि २५ गते देखि अभियान संचालन गर्ने भएको छ । आज एक कार्यक्रमकाबीच इच्छाकामना स्वास्थ्य शाखाले अभियानको बारेमा जानकारी गराएको हो । यहि मिति २०७४ चैत्र २५ देखि २९ गते सम्म इच्छाकामना गाउँपालिकामा रहेका सात वटै वडाको घर–घरमा स्वास्थ्यकर्मी तथा स्वंयसेवक खोजकर्ता टोली खटाईने शाखाका सह–संयोजक स...

मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक

मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक
काठमाडौं,२० चैत । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ पत्नी वियोगमा परेका छन् । उनकी पत्नी यशोदा सुवेदीको सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा निधन भएको हो । यशोदा लामो समयदेखि क्यान्सर पीडित थिईन् ।यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गगरिने पारिवारिक श्रोतले जनाएको छ ।मदनकृष्णले ३५ वर्षअघि यशोदासंग अन्तर्जातिय बिहे गरेका थिए ।