काठमाडौं,२० चैत । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ पत्नी वियोगमा परेका छन् । उनकी पत्नी यशोदा सुवेदीको सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा निधन भएको हो ।

यशोदा लामो समयदेखि क्यान्सर पीडित थिईन् ।यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।

उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गगरिने पारिवारिक श्रोतले जनाएको छ ।मदनकृष्णले ३५ वर्षअघि यशोदासंग अन्तर्जातिय बिहे गरेका थिए ।