चितवन, २२ चैत । चितवनमा कुष्ठरोग निवारण अभियान संचालन हुने भएको छ । कुष्ठरोग निवारणका लागि चैत २५ गते देखि २९ गते सम्म ५ दिन अभियान संचालन गर्ने भएको हो ।
यसैबीच इच्छाकामना गाउँपालिकामा पनि २५ गते देखि अभियान संचालन गर्ने भएको छ । आज एक कार्यक्रमकाबीच इच्छाकामना स्वास्थ्य शाखाले अभियानको बारेमा जानकारी गराएको हो ।
यहि मिति २०७४ चैत्र २५ देखि २९ गते सम्म इच्छाकामना गाउँपालिकामा रहेका सात वटै वडाको घर–घरमा स्वास्थ्यकर्मी तथा स्वंयसेवक खोजकर्ता टोली खटाईने शाखाका सह–संयोजक सुरेश थापाले जानकारी दिनुभयो ।
शरिरमा भएको लाटो नचिलाउने फुस्रो दाग भएमा कुष्ठरोग हुन सक्ने थापाले बताउनुभयो ।
थापाले कुष्ठरोग उपचार पछि निको हुने भएकोले सबैलाई यस्ता लक्षणहरु ,देखिएमा नजिकको स्वास्थ्य संस्था सम्पर्क गरि जचाउन आग्रह गर्नु भयो । थापाले कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक किटाणुबाट लाग्ने सरुवा रोग भएकोले उपचार गरे पूर्ण निको हुने बताउनुभयो ।
साथै यो रोग समयमै उपचार नगरेकमा शरिर अंगभंग समेत हुने अवस्था आउने उहाँको भनाई छ ।
इच्छाकामना गाउँपालिकामा अहिले एक जना कुष्ठरोगीले उपचार गराईरहेको उहाँले जानकारी दिनुभयो ।