चितवन, २७ चैत । चितवनमा अपराधीक घटनामा सलग्न भएको भन्दै चितवन प्रहरीले विप्लव निकट ५ कार्यकर्तालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्ने भरतपुर क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा विस्फोट गराउने जिल्ला सदस्य दिवस भुषाल र भरतपुरको १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी माथि आक्रमण प्रयास गर्ने ४ जान गरि जम्मा ५ जना विप्लव कार्यकर्ता पक्राउ गरेको चितवन प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए । जस मध्ये अनुसन्धानमा नै रहेको भन्दै ४ जनाको नाम भने सार्वजनिक नगरेको उनले बताए ।
पक्राउ परेका भुषालले होम मेड एक्पोलिभ बनाएर राखेर नहर नजिक रहेर विस्फोट गराउदा कालिकाको ३ ४ वटा झ्यालका सिसा फुटेको र पर्खाल र्चकीएको उनले बताए ।