देश / समाज

चितवनका एसपी थापाको सरुवा, सुशील सिंह राठौर चितवन आउने

चितवनका एसपी  थापाको सरुवा, सुशील सिंह राठौर चितवन आउने
चितवन, २३ वैशाख । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक थापा सहित ७९ जना एसपीको  सरुवा भएको छ । एसपी थापाको चितवनबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा सरुवा भएको हो । अब चितवनको एसपीको रुपमा सुशील सिंह राठौर आउँदै हुनुहुन्छ । एसपी राठौर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट चितवन आउन लाग्नु भएको हो ।

आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ

गोरखा, २३ वैशाख । गोरखामा आफ्नै आमालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवालाई पक्राउ गरिएको जनाएको छ । उनले ६५ वर्षकी आमालाई करणी गरिरहेको देखेपछि युवककी पत्नीले प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएको वैशाख २० गते राति ८ बजे आफ्नै आमालार्इ करणाी गरेको भन्दै युवककी श्रीमतीले उजुरी गरेपछि युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रारम्भीक अनुसन्धान ...

चितवनमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु

चितवनमा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु
चितवन,२३ बैशाख । चितवनमा मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा एउटा ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। । दुर्घटनामा घाइते भई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याएकामा चालक भरतको बिहा...

ईच्छाकामनामा भुकम्प प्रभावितको घर निर्माण तिब्र

ईच्छाकामनामा भुकम्प प्रभावितको घर निर्माण तिब्र
नारायण ढुंगाना ईच्छाकामना, २२ वैशाख  ।चितवनको सात स्थानीय तह मध्ये ईच्छाकामना गाउँपालिकामा भुकम्प प्रभावितको घर निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । अन्य स्थानीय तहमा विभिन्न कारणले घर निर्माण रोकिएका बेला ईच्छाकामनामा भने काम प्रभावकारी रुपमा अघि बढेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) कार्यालयका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा दोस्रो किस्ता लिने भ...

इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित भिडियो र फोटो सहित

इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँसभा सम्पन्न, २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित भिडियो र फोटो सहित
हिरालाल गुरुङ इच्छाकामना,२० बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको दोश्रो गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले २१ वटा ऐन, नियमावली र कार्यविधिहरु पारित गरेको छ । गाउँसभाका सम्पूर्ण सदस्यहरुको सहभागितामा ऐन, नियमावलि र कार्यविधि पारित गरिएको गाउँपालीकाकी प्रवक्ता सावित्रि गुरुङले बताउनुभयो । सभाले स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, शिक्षा ऐन, कृषि, व्यवसाय ऐन, एफ एम रेडियो व्य...

नारायणगढ–मुग्लिन सडकको नब्बे प्रतिशत काम सम्पन्न,चारवटा पुलको निर्माण सुरु

नारायणगढ–मुग्लिन सडकको नब्बे प्रतिशत काम सम्पन्न,चारवटा पुलको निर्माण सुरु
चितवन,१४ बैशाख । नारायणगढ–मुग्लिन सडक विस्तारमा नब्बे प्रतिशत काम सम्पन्न भएको छ । विस्तार गरिएको सडकको ३० किलोमिटर पहिलो तहको पिच भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडकखण्डको दासढुंगा, जलबीरे, चेपाङडाँडा र आँपटारी क्षेत्रमा ३।२ किलोमिटर सडक पिच गर्न बाँकी रहेको खनालले बताए । “बाँकीमध्ये साढे दुई किलोमिटर सडक पिच गर्न तयार भइसकेको छ । वैशाखको अन्तिमसम्ममा पहिलो तहको पिच सम्पन्न भइसक्छ ।” तीन तहमा कालोपत्रे गरिने सडकखण्डमा २८ किलोमिटर ...

विनाशकारी गोरखा भूकम्पको तीन वर्ष पुरा, आधा मात्र भौतिक संरचना निर्माण

काठमाडौं, १२ बैशाख । विनाशकारी गोरखा भूकम्पको आज ३ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि वैशाख १३ गते र २९ गते सिन्धुपाल्चोक र दोलखा केन्द्रविन्दु भएर गएका ठूला परकम्पले १४ जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो । भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए । ७ लाख ६७ हजार घर भत्किएका थिए भने ७ सय ५३ वटा पुरातात्विक संरचनामा क्षति पुगेको छ । सरकारले भूकम्पमा ...

इच्छाकामनामा ७ सय ८६ ले मात्र गरे स्वास्थ्य बिमा

इच्छाकामनामा ७ सय ८६ ले मात्र गरे स्वास्थ्य बिमा
हिरालाल गुरुङ इच्छाकामना, १०  बैशाख । इच्छाकामना गाउँपालिकामा स्थानिय तह स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।  दारेचोक स्वास्थ्यचौकी  इच्छाकामना ४ कुरिनटारको हलमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो । बिमा वोर्ड चितवनका दर्ता अधिकारी सिर्जना कार्की र विनोद शाहले अभिमुखीकरणको सहजीकरण गरेका थिए । उनिहरुले बिमाबाट हुने सेवा र प्रकृयाबारे सहभागीहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा दर्ता अधिकारी सिर्जना कार्कीले चितवनको इच्छाकामना गाउँपालिकामा सबै भन्दा कम संख...

इच्छाकामनामा परिवार नियोजनका साधनको प्रयोगकर्ता बढ्यो

इच्छाकामनामा परिवार नियोजनका साधनको प्रयोगकर्ता बढ्यो
इच्छाकामना,१० बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा पछिल्लो समय परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । सिफ्पो टु परियोजनाले आयोजना गरेको गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराएका हुन् । पिल्स डिपो आइयु सिडि र इन्प्लान्ट गरि ८०३ जनाले परिवार नियोजनका साधन प्रयोग गरेको स्वास्थ्य प्रमुख धन बहादुर खड्काले जानकारी दिए । उनका अनुसार काउले स्वास्थ्यचौकीमा २३४, चण्डिभञ्ज्याङमा ६९, दारेचोकमा २८६ दाहाखानीमा १६५ र पाम डाडामा ४९ जना र...

गाउँपालिकामा बम विष्फोट, भवन पूर्णरुपमा क्षतिग्रस्त

गाउँपालिकामा बम विष्फोट, भवन पूर्णरुपमा क्षतिग्रस्त
इलाम,२ बैशाख ।इलामको चुलाचुली गाउँपालिकाको भवनमा बम विष्फोट भएको छ । अज्ञात समूहले गराएको बम विष्फोटले भवन पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । शनिबार राति ९ बजे भएको विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनसार विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको छ भने छानासमेत खसेको छ । घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।