खेलकुद

पुरुष फुटबलमा नेपाललाई स्वर्ण,भुटान २–१ ले पराजित

पुरुष फुटबलमा नेपाललाई स्वर्ण,भुटान २–१ ले पराजित
काठमाडौं  :  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जित्न सफल भएको छ ।मंगलबार दशरथ रंगशालामा भएको फायनल खेलमा भुटानलाई पराजित गर्दै नेपालले स्वर्ण उचालेको हो । नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको हो ।नेपालको तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए । यसैबीच, खेलको ५३ औं मिनेटमा सुनिल बलले गोल...

१३ औं साग : आज ४२ स्वर्णका लागि प्रतिष्पर्धा हुने

१३ औं साग  :   आज ४२ स्वर्णका लागि प्रतिष्पर्धा  हुने
काठमाडौं :  नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार ४२ स्वर्णको छिनोफानो हुने भएको छ ।१३ औं सागमा शुक्रबार एथ्लेटिक्सका ८, गल्फका ४, साइक्लिङका २, सुटिङका २, पौडीका ८ तथा भारत्तोलनका ४, ब्याडमिन्टनका ५, टेबलटेनिसका २, फेन्सिङमा ३ तथा रेस्लिङका ४ स्वर्ण गरी आज ९शुक्रबार० कुल ४२ स्वर्णको छिनोफानो हुनेछ । बिहीबारको खेल सकिँदासम्म कुल १ सय ३५ स्वर्णको छिनोफानो भइसकेको छ । जसमा सर्वाधिक ६२ स्वर्ण जित्दै भारत अंकतालिकाको पहिलो स्थानमा छ भने हालसम्म एक स्...

१३ औं सागको पाँचौं दिन आज १७ खेल हुने

१३ औं सागको पाँचौं दिन आज १७ खेल हुने
काठमाडौं : १९ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) को पाँचौं दिन आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।आज पाँच नयाँ खेलका प्रतिस्पर्धा सुरु हुनेछन् भने बाँकी १२ खेलका भिडन्तहरु जारी रहनेछन् । सागमा आज आर्चरी, बास्केटबल, पौडी, बिच भलिबल र भारत्तोलनका खेलहरु सुरु हुँदैछन् । यी बाहेक एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, र उसुको प्रतिस्पर्धा आज पनि जारी रहनेछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत...

१३ औँ साग : आजदेखि आर्चरीका खेल, पाकिस्तानले नखेल्ने

१३ औँ साग : आजदेखि आर्चरीका खेल, पाकिस्तानले नखेल्ने
कुरिनटार  : १३औँ सागअन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ। मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि नहुने जानकारी गराएको नेपाल आर्चरी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए। उनका अनुसार नेपालसहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागि हुने भएका छन्। भुटानका नौजना खेलाडीहरू प्रतियोगितामा सहभागि हुँदैछन् भने अन्य तीन देशका १६र१६ जना खेलाडीहरू सह...

महिला साग फुटबलमा नेपालको विजयी सुरुवात

महिला साग फुटबलमा नेपालको विजयी सुरुवात
पोखरा १७ मंसिर। नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।

एएफसी यू–१९ छनोटमा आज नेपालाई इरानसँग जित्नैपर्ने दबाब

एएफसी यू–१९ छनोटमा आज नेपालाई इरानसँग जित्नैपर्ने दबाब
काठमाडौँ :  नेपालले एएफसी यू–१९ छनोट प्रतियोगितामा शुक्रबार इरानसँग प्रतिस्पर्धा गर्दैछ । इरानमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो । तेहरानमा हुने खेल नेपाली समय अनुसार राति आठ बजे हुनेछ । पहिलो खेलमा यूएईसँग ४–० को भारी अन्तरले पराजित भएको नेपाललाइ छनोट हुने सम्भावना कायम राख्नका लागि बाँकी दुई खेल जित्नै पर्नेछ । इरानले भने पहिलो खेलमा किर्गिज गणतन्त्रलाई ३–० ले हराएको थियो । छनोट प्रतियोगिताको सबै समूहमा चार–चार टिम छन् र सम...

महादेव डाडा फुटबल कप २०७६ को उपाधी चुम्लिङटार युवा क्लवलाइ

महादेव डाडा फुटबल कप २०७६ को उपाधी चुम्लिङटार युवा क्लवलाइ
१० कार्तिक, गोरखा। गोरखाको गण्डकी गाउँपालिका-२ ताङ्लीचोकमा आयोजित माहादेब डाडा कप फुटबल प्रतियोगिताको उपाधी चुम्लिङटार युवा क्लव इच्छाकामना-३, चुम्लिङटारले जितेको छ । ताङ्लीचोक खेलमैदानमा  कत्तिक ५ गतेबाट सुरु भएको प्रतियोगितामा गण्डकी गाउँपालिका, इच्छाकामना गाउँपालिका, सहिद लखन गाउपालिका लगाएतको स्थान बाट २४ टोलि सहभागी थिए। फाइनलमा इन्द्रेणी युवा कल्व, मकैसिङ लाई ट्राइब ब्रेकरमा हराउदै चुम्लिङटार युवा क्लवले नगद ७० हजार साथै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप बिजेता ...

नेपाली लेग स्पीनर सन्दीप लामिछाने ४५ हजार डलरमा टि–१० लिगमा अनुबन्ध

नेपाली लेग स्पीनर सन्दीप लामिछाने ४५ हजार डलरमा टि–१० लिगमा अनुबन्ध
काठमाडौं  : नेपाली लेग स्पीनर सन्दीप लामिछाने टि–टेन क्रिकेट लिगमा अनुबन्ध भएका छन्। यूनाइटेड अरब इमिरेट्स यूएईमा हुने टि–टेन लिगमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन्। टि –टेन नोभेम्बर १५ देखि सुरु हुँदैछ। उक्त लिगमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन्। सन्दीपलाई कर्नाटक टस्क्सले क्याटोगरी ‘ए’ बाट राखेको छ। कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन्। प्रशिक्षक भने टम मुडी छन्। लामिछानेले इण्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमयर लि...

गोरखाको रिन्जेली बडहरेमा लाङ्घाली श्रृजनशिल कप खुल्ला भलिबल प्रतियोगिता हुने

गोरखाको रिन्जेली बडहरेमा लाङ्घाली श्रृजनशिल  कप खुल्ला भलिबल प्रतियोगिता हुने
गोरखा :  सहिद लखन गाउँपालिका ४ मा अबस्थित लाङघाली श्रृजनशिल युवा क्लबको आयोजनामा ३३ हजार ३ सय ३३ रुपैयाँ राशिको भलिबल प्रतियोगिता हुने भएको छ । हिन्दु नेपाली हरुको महान् चाड बिजया दशमीको पावन अबसर पारेर रिञ्जेली बडहरे गोरखा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतियोगिता आयोजना गर्न लागिएको हो। खेल कौशलता र प्रतिभाको जगेर्नाको लागि प्रतियोगात्मक कार्यक्रमको आयोजना गर्न लागिएको क्लबले जनाएको छ। यहि आश्विन २२ गते देखि २६ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ३३हजार ३सय ३...

कुरिनटार कप पुरुष भलिबल प्रतियोगिता हुने

कुरिनटार कप पुरुष भलिबल  प्रतियोगिता हुने
इच्छाकामना  : चितवनको इच्छाकामना ४ कुरिनटारमा कुरिनटार कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर इच्छाकामना एफएम १०२ं.४ मेगाहर्जको आयोजनामा भदौ १३ देखि २२ गते सम्म कुरिनटारमा हुने तीज मेला २०७६ मा भलिबल प्रतियोगिता पनि हुने भएको हो । भलिबल प्रतियोगिता भदौ १८देखि २० गते सम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद रु. ५० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद रु २५ हजार नगद कप मेडल र प...