नेपालका सोमपाल कामी सम्मिलित विनपेग हक्सलाई ग्लोबल टि–२० लिगको उपाधि
एजेन्सी – ग्लोबल टि-२० लिगको उपाधि सोमपाल कामीको सम्मिलित टिम विनपेग हक्सले जितेको छ। क्यानडाको प्रतिष्ठित लिगका रुपमा रहेको प्रतियोगितामा टिमको जितेसँगै पहिलो विदेशी लिग जित्ने खेलाडीका रुपमा सोमपाल कामी रहन सफल भए। हक्सले सुपर ओभरमा भानकोभर नाइट्सलाई स्तब्ध पार्दै उपाधि जित्यो। प्रतियोगिताभर सोमपालले एकपटक मौका पाए पनि खराब स्पेसलका कारण त्यसपछि टिममा समावेश भएनन्। फाइनलमा पनि उनी बेच्नमा रहेका थिए। यद्यपि, रोमाञ्चक बनेको फाइनलमा हक्सलाई च्याम्पियन बन्न सुपर ओभर कुर्नु पर्...