
पोखरा १७ मंसिर। नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ ।
मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो ।
पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले अनिता केसीको पासमा गोल गरेकी हुन् ।