इच्छाकामना : चितवनको इच्छाकामना ४ कुरिनटारमा कुरिनटार कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर इच्छाकामना एफएम १०२ं.४ मेगाहर्जको आयोजनामा भदौ १३ देखि २२ गते सम्म कुरिनटारमा हुने तीज मेला २०७६ मा भलिबल प्रतियोगिता पनि हुने भएको हो ।
भलिबल प्रतियोगिता भदौ १८देखि २० गते सम्म चल्ने आयोजकले जनाएको
छ । प्रतियोगिताको विजेताले नगद रु. ५० हजार सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले नगद रु २५ हजार नगद कप मेडल र प्रमाणपत्र पाउनेछन् । तृतियले नगद रु.१० हजार कप मेडल र प्रमाण तथा सान्तवना हुनेले नगद रु पाँच हजार र कप प्राप्त गर्ने छन् ।
प्रतियोगितामा राष्ट्रिय, पूर्व राष्ट्रिय र विभागिय खेलाडी ३ जना सम्म समावेश गर्न पाउने आयोजकले जनाएको छ ।
दारेचोक संचार सहकारी संस्था लि.द्वारा संचालित सामुदायिक रेडियो, इच्छाकामना एफएम १०२ं.४ मेगाहर्जको आयोजनामा तीज मेला हुनेभएको हो ।
मेलामा तीज गीत प्रतियोगिता, कुरिनटार डान्स आईडल, चुड्का प्रतियोगिता लगायत विभिन्न खेल प्रतियोगता र विभिन्न जातजातीका झाँकीहरु प्रश्तुत गर्ने आयोजकले जनाएको छ । साथै विभिन्न विधाका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रश्तुती रहने छन् ।
मेलाको सह–आयोजकमा उद्यमशिल महिला जागरण केन्द्र इच्छाकामना रहेको छ ।