गोरखा :  सहिद लखन गाउँपालिका ४ मा अबस्थित लाङघाली श्रृजनशिल युवा क्लबको आयोजनामा ३३ हजार ३ सय ३३ रुपैयाँ राशिको भलिबल प्रतियोगिता हुने भएको छ ।

हिन्दु नेपाली हरुको महान् चाड बिजया दशमीको पावन अबसर पारेर रिञ्जेली बडहरे गोरखा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतियोगिता आयोजना गर्न लागिएको हो। खेल कौशलता र प्रतिभाको जगेर्नाको लागि प्रतियोगात्मक कार्यक्रमको आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

यहि आश्विन २२ गते देखि २६ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ३३हजार ३सय ३३ रुपैयाँ कप मेडल र प्रमाणपत्र द्वितिय हुनेले २२हजार २ सय २२ रुपैया कप मेडल र प्रमाणपत्र तृतीय हुने टिमले ११हजार १ सय ११ रुपैया र कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १हजार १ सय ११ रुपैयाँ कप मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ।

भलिबल खेल संचालन भएकै बेला विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र डोरि तान्ने कार्यक्रमको पनि आयोजना गरिएको छ । भलिबलको लागि दर्ता शुल्क ४ हजार ४ सय ४४ रुपैयाँ र डोरी तान्ने खेलको लागि १हजार १ सय ११ रुपैयाँ लाग्ने छ भने डोरी तान्ने खेलमा प्रथम हुनेले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ। सहभागी टिमलाइ खाना र बस्ने ब्यबस्था आयोजकले नै गर्ने बताइएको छ।