खेलकुद

नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट

नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
काठमाडौँ : नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ। आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भइरहेको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको छ। नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो। आईसीसी महिला टी-२० विश्वकप अर्को वर्ष मलेशियामा हुँदै छ।ओपनर साना प्रविनले ४२ बलमा १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाइन्। उनले...

साफ महिला च्याम्पियनसिप : उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

साफ महिला च्याम्पियनसिप : उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
काठमाडौँ:  नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका...

 भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा

 भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा
काठमाण्डौ : भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले पाँच पटकको विजेता भारतलाई पेनाल्टी शुटआउटमा ४(२ गोलले हरायो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् । खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पन...

दोश्रो गण्डकी गाउँपालिका अध्यक्ष छात्र /छात्रा कप : विजया भवानी र भद्रकाली विजयी

दोश्रो गण्डकी गाउँपालिका अध्यक्ष छात्र /छात्रा कप : विजया भवानी र भद्रकाली विजयी
गोरखा :  गण्डकी गाउँपालिकामा दोस्रोे  अध्यक्ष कप छात्र /छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।  आज सम्पन्न प्रतियोगितामा छात्र तर्फ  श्री विजया भवानी माध्यमिक विद्यालय गण्डकी–१, प्रथम भएका  छन् । यसैबिच श्री ज्ञानमार्ग माध्यमिक विद्यालय द्धितिय र ताङ्लीचोक माध्यमिक विद्यालय गण्डकी २  तेश्रो भएका छन् । छात्रा तर्फ भने श्री  भद्रकाली माध्यमिक विद्यालय गण्डकी–६ प्रथम भएका  छन् । श्री रत्नेश्वर माध्यमिक विद्यालय गण्डकी ५ द्धितिय र  श्री ज्ञान मार्ग माध्यमिक विद्यालय तृतिय भ...

अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको क्लिन स्विप

अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको क्लिन स्विप
काठमाडौं  : नेपालले अमेरिकाविरुद्धको टी–ट्वेन्टी सिरिजमा क्लिन स्विप गरेको छ। नेपालले अमेरिकालाई उसकै मैदानमा तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो। आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो खेल १७ रनले जितेको नेपालले आइतबार बिहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो। तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भयो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो। अमेरिकाले निर्धारित २० ...

बडादशैँको सातौँ दिन, तर नवदुर्गामध्येकी छैटौँ देवीको आराधना

बडादशैँको सातौँ दिन, तर नवदुर्गामध्येकी छैटौँ देवीको आराधना
काठमाडौं : बडादशैँ अर्थात् शरद नवरात्रको सातौँ दिन भए पनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ।दिनका हिसाबले बुधबार नवदुर्गामध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो। तर नेपालमा तिथिमिति र चाडपर्व निर्धारण गर्ने पञ्चाङ्ग​ निर्णायक विकास समितिका अनुसार यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेका कारण बुधबार षष्ठी तिथिमा गर्ने कर्म गर्न लागिएको हो। पञ्चाङ्ग (पात्रो)का अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछ...

प्रथम कुरिनटार कप २०८१ को उपाधी मोनस्टर फेमली आँबुखैरेनीलाई

प्रथम कुरिनटार कप २०८१ को उपाधी मोनस्टर फेमली आँबुखैरेनीलाई
कुरिनटार :  मोनस्टर फेमली आँबुखैरेनीले प्रथम कुरिनटार कप २०८१को उपाधी जितेको छ ।  पेनाल्टी सुटआउटमा ब्वाईज यूनियन इच्छाकामनालाई पराजित गरेको हो । प्रतियोगिताका विजेता मोनस्टर फेमलीले रु १ लाख ११ हजार १० १ रुपैयाँ नगदसहित ट्रफी,मेडल  र प्रमाणपत्र प्राप्त प्राप्त गरेका  छन् । उपविजेता ब्वाईज यूनियन इच्छाकामनाले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता टिम तथा विभिन्न विद्याका उत्कृष्ट  खेलाडीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, ...

प्रथम कुरिनटार कप २०८१ : उपाधिका लागि भोली मोनस्टर फेमली र ब्वाईज यूनियनबिच प्रतिष्पर्धा हुदैँ

प्रथम कुरिनटार कप २०८१ : उपाधिका लागि भोली मोनस्टर फेमली र ब्वाईज यूनियनबिच प्रतिष्पर्धा हुदैँ
कुरिनटार :  मोनस्टर फेमली आँबुखैरेनी  र  ब्वाईज  यूनियन फिस्लिङ प्रथम कुरिनटार कप २०८१को फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनमा ल मोनस्टर फेमलीले आयोजक के  ब्वाईज  क्लब कुरिनटारलाई ३–० र  ब्वाईज यूनियन फिस्लिङले कुरिनटारलाई २–०ले  पराजित गरेको हो । उपाधीका लागि मोनस्टर फेमली आँबुखैरेनी  र व्वाईज यूनियन फिस्लिङबिच भोली प्रतिष्पर्धा हुने आयोजक के ब्वाईक क्लब कुरिनटारका अध्यक्ष डुपेन्द्र गुरुङले बताउनुभयो ।  उहाँका अनुसार फाइनल खेल दिउँसो ३ बजेबाट सुरु हुने छ । चितवनको ...

मोनस्टर फेमली आँबुखैरेनी प्रथम कुरिनटार कपको फाइनलमा प्रवेश

मोनस्टर फेमली आँबुखैरेनी प्रथम कुरिनटार कपको फाइनलमा प्रवेश
कुरिनटार : मोनस्टर फेमली आँबुखैरेनी प्रथम कुरिनटार कप २०८१ को फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनल खेलमा  आयोजक के बवाईज क्लब कुरिनटारलाई ३–० ले पराजित गरेको हो । चितवनको  इच्छाकामना ४ कुरिनटारमा जारी  खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगितामा  अहिले एपोलो मुग्लिन र ब्वाईज यूनियन फिस्लिङबिच खेल जारी छ ।  के ब्वाईज क्लब कुरिनटारको आयोजनामा सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा जारी ‘प्रथम कुरिनटार कप २०८१ ’(खुल्ला नकटाउन नाइन ए साईड फुटबल प्रतियोगिता)  इच्छाकामना...

प्रथम कुरिनटार कप २०८१ : भोली सेमिफाइनल खेल हुदैँ

प्रथम कुरिनटार कप २०८१ : भोली सेमिफाइनल खेल हुदैँ
कुरिनटार : चितवनको  इच्छाकामना ४ कुरिनटारमा जारी  खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगितामा  भोली सेमिफाइनलका खेलहरु हुने भएको छ ।  आज भएको खेलमा  के ब्वाईज क्लब कुरिनटार, ब्वाईज यूनियन, मोनस्टर फेमली आँबुखैरेनी, र  एपोलो मुग्लिन विजयी हुदैँ सेमिफाइनलमा प्रवेश गरेको हो । के ब्वाईज क्लब कुरिनटारले एस्क्याप्ड नेपाललाई ट्राइब्रेकरमा पराजित गरेको हो । यसैबिच  ब्वाईज यूनियनले चुम्लिङ्गटारलाई ८–१, मोनस्टर फेमली आँबुखैरेनीले  मुग्लिन एफसीलाई३–१ र  एपोलो मुग्लिनले नययुवा क्लबलाई ...