काठमाडौं :  नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार ४२ स्वर्णको छिनोफानो हुने भएको छ ।१३ औं सागमा शुक्रबार एथ्लेटिक्सका ८, गल्फका ४, साइक्लिङका २, सुटिङका २, पौडीका ८ तथा भारत्तोलनका ४, ब्याडमिन्टनका ५, टेबलटेनिसका २, फेन्सिङमा ३ तथा रेस्लिङका ४ स्वर्ण गरी आज ९शुक्रबार० कुल ४२ स्वर्णको छिनोफानो हुनेछ ।

बिहीबारको खेल सकिँदासम्म कुल १ सय ३५ स्वर्णको छिनोफानो भइसकेको छ । जसमा सर्वाधिक ६२ स्वर्ण जित्दै भारत अंकतालिकाको पहिलो स्थानमा छ भने हालसम्म एक स्वर्ण पनि जित्न नसकेको भुटान सबैभन्दा पुछारमा छ ।

बिहीबारको खेल सकिँदासम्म भारतले ६२ स्वर्ण, ४१ रजत र २१ कास्यसहित कुल १ सय २४ पदक जित्दै शीर्ष स्थानमा रहेको छ ।अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपालले भने ३६ स्वर्ण, २७ रजत र ३८ कास्यसहित कुल १ सय १ पदक जितेको छ ।

त्यस्तै १७ स्वर्ण, ३५ रजत र ५५ कास्यसहित कुल १ सय ७ पदक जितेको श्रीलंका अंकतालिकाको तेस्रो स्थानमा छ ।

यस्तै गरी १५ स्वर्ण, २३ रजत र २४ कास्यसहित कुल ६२ पदक जित्दै पाकिस्तन चौथो स्थानमा छ भने माल्दिभ्सले १ स्वर्ण र २ कास्यसहित ३ पदक जित्दै छैठौं स्थानमा छ ।

हालसम्म कुनै पनि स्वर्ण र रजत जित्न नसकेको भुटान ६ कास्यपदक जित्दै अंकतालिकाको सबैभन्दा पुचछारमा छ ।

१३ औं सागअन्तर्गत हालसम्म १ सय ३५ स्वर्ण, १ सय ३७ रजत र १ सय ९१ कास्य गरी कुल ४६३ पदकहरुको छिनोफानो भइसकेको छ ।