१० कार्तिक, गोरखा। गोरखाको गण्डकी गाउँपालिका-२ ताङ्लीचोकमा आयोजित माहादेब डाडा कप फुटबल प्रतियोगिताको उपाधी चुम्लिङटार युवा क्लव इच्छाकामना-३, चुम्लिङटारले जितेको छ । ताङ्लीचोक खेलमैदानमा  कत्तिक ५ गतेबाट सुरु भएको प्रतियोगितामा गण्डकी गाउँपालिका, इच्छाकामना गाउँपालिका, सहिद लखन गाउपालिका लगाएतको स्थान बाट २४ टोलि सहभागी थिए। फाइनलमा इन्द्रेणी युवा कल्व, मकैसिङ लाई ट्राइब ब्रेकरमा हराउदै चुम्लिङटार युवा क्लवले नगद ७० हजार साथै कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप बिजेता इन्द्रेणी युवा क्लवले नगद ३५ हजार कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

आज भएको फाइनल खेलमा निर्धारित समअयमा दुबै टोलि बाट १-१ गोल मात्र भए पछि खेल ट्राइब ब्रेकरमा प्रवेश गरेको थियो। विजेता टिम तथा विधागत तर्फ पुरस्कारहरु  गण्डकी गाउँपालिकाको अध्यक्ष होम बहादुर राना मगरले प्रदान गर्नु भएको थियो । प्रतियोगिताको समापन गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरको प्रमुख आतिथ्यमा आज भएको थियो ।