सीपीएलको पहिलो खेलमा भरतपुर र इच्छाकामना भिड्ने
चितवन, १४ माघ । चितवनमा हुने प्रथम संस्करणको सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि – २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगिताको आयोजक संस्था नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिले आज तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा भरतपुर गुर्खाजले इच्छाकामना वारियर्सको सामना गर्नेछ । भरतपुर र इच्छाकामनाबीचको खेल मध्यान्ह १२ बजे क्याम्पाचौर नारायणगढमा हुनेछ ।
माघ १८ गते मध्यान्ह १२ बजे माडी टाइगर्स र सौराहा स्या...









