कुरिनटार :  अन्तर मावि विद्यालय स्तरीय प्रतियोगितामा त्रिवेणी वराहा मावि मुग्लिन प्रथम भएको छ । सर्वशान्ति माविको खेलमैदान इच्छाकामना ४ कुरिनटार चितवनमा भएको प्रतियोगितामा सर्वशान्ति मावि कुरिनटार द्वितिय र मस्र्याङ्गदी बोर्डिङ स्कुल मुग्लिन तृतिय भएको शिक्षक शिक्षक अर्जुन बहादुर खत्रीले जानकारी दिए ।
यसैबिच सटपुट छात्र प्रतियोगिता अन्तरगत त्रिवेणीका दिनेश प्रजा पहिलो, त्रिवेणीका प्रविण टि मगर द्वितिय र प्रगतीका केशव कडेँल तृतिय भएका छन् ।
छात्रा तर्फ सर्वशान्तिका लक्ष्मी गुरुङ, माझ गाउँमाविका रजिना गुरुङ द्वितिय र मस्र्याङदकिा अस्तर गुरुङ तृति भएको शिक्षक खत्रीले जानकारी दिए ।
लामो दौड तर्फ पनि सर्वशान्तिका दिनेश गुरुङ प्रथम भएका छन् । मस्र्याङ्दकिा रबि खम्चा द्वितिय र त्रिवेणीका बल बहादु थापा तृतिय भएका छन ।
छात्रा तर्फको १५०० मिटर दौडमा भने माझ गाउँ माविका रजिना गुरुङ प्रथम भईन् । सर्वशान्तिका अस्मिता प्रजा द्वितिय र सर्वशान्तिकै सपना राई तृतिय भईन् ।
प्र्रतियोगितामा कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि थिए ।
सर्वशान्ति मावि स्वर्ण महोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन भईरहेको छ ।
स्वर्ण महोत्स पुष १३ गते देखि १९ गते सम्म संचालन हुनेछ ।