चितवन :  राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्रका गोपाल चन्द्र पार्कीले हात पारेका छन् । रोटरी क्लब अफ रत्ननगरले गरेको आज आयोजना
गरेको प्रतियोगितामा उनले निर्धारित दूरी १५ दशमलब ४ किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । यस्तै दोस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिस थापामगर र तेस्रो स्थानमा त्रिभूवन आर्मी क्लबका दिपक अधिकारी बन्न सफल भए । उनीहरुले क्रमश ४२ मिनेट ४१ सेकेण्ड, ४४ मिनेट ११ सेकेन्डमा निधारित दूरी पार गरे । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको रोटरी मिनी म्याराथोन प्रतियोगिता गरिएको हो । क्लबका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डामाराबाट सुरु भएको म्याराथोन रत्ननगरको स्टार वैङ्क्युट होटलमा आएर सकिएको थियो ।

प्रतियोगितामा बिभागीय धाबक नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चेपाङ् धावकहरु, र बिदेशी सहित ३५२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा तीन जना विदेशी, ७९ जना चेपाङ् धावकको सहभागिता रहेको पोख्रेलले जानकारी दिए ।