
कुरिनटार – भारतको आसनसोलमा भएको प्रथम इन्डो- नेपाल खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल बाट सहभागी ६३ जना मध्य चितवनको इच्छाकामना गााउँपालिका बाट सहभागी १३ जनालेनै पदक जित्न सफल भएका छन।
गत डिसेम्बर २९ देखि ३१ सम्म प्रथम पटक भारत पश्चिम बंगाल राज्यको आसनसोलमा सम्पन्न प्रतियोगितामा समग्रमा नेपाल दोश्रो भए पनि इच्छाकामना तेक्वान्दो डोजांग बाट सहभागी सबै १३ जना खेलाडिले पदक जित्न सफल भएका छन । पदक जित्ने इच्छाकामना तेक्वान्दो डोजांङका खेलाडी हरुमा:-
१. भुवन लामा = स्वर्ण – १ (fight)
२. मेलिना गुरुङ = स्वर्ण – १ (fight)
३. विकास मगर = स्वर्ण – १(fight),कास्य -१ (poomsae)
४. सुरज श्रेष्ठ = स्वर्ण – १(fight)
५. सुप्रीका गुरुङ = रजत – १(fight)
६. हेमन गुरुङ = स्वर्ण – १(fight), रजत-१(poomsae)
७. जोशमिया थापा = रजत -१(fight), कास्य-१(poomsae)
८. जिकेश थकाली = कास्य – १ (fight)
९. होलिना गुरुङ = स्वर्ण – १ (fight)
१०. बिष्णुमाया थापा = रजत -१(fight), रजत-१( poomsae)
११. सागर तिवारी = रजत – १(fight), कास्य-१(poomsae)
१२. सम्पुर्ण कु. थापा = रजत – १(fight), कास्य-१(poomsae)
१३. जस्मिन थापा मगर = स्वर्ण -१(fight), स्वर्ण-१(poomsae)
उत्साह जनक नतिजा पछि बुधबार नेपाल फर्किएका खेलाडी हरुलाई बिहिवार सम्मान गर्ने र अबिर जात्रा सहित इच्छाकामनाको मुख्य बजार क्षेत्र परिक्रमा गराउने कार्यक्रम रहेको इच्छाकामना तेक्वान्दो डोजांङका प्रशिक्षक तथा खेलाडी मेलिना गुरुङले बताउनु भएको छ।