कुरिनटार  :  नेपाल भ्रमण बर्ष २०२० को अवसरमा फ्रि स्टाइल कायक च्याम्पियनसिप २०२० (Free style Kayak Championship 2020) प्रतियोगिता हुने भएको छ । चितवनको इच्छाकामना ३ स्थित त्रिूुली नदीमा यही माघ १७ र १८ गते प्रतियोगिता हुने भएको हो । नेपाल ¥याफ्ट एण्ड कायक क्लब फिस्लिङ्गले पर्यटन प्रवद्र्धनका लागि यस प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । यस क्लबले गत बर्ष पनि फ्रि स्टाईल कायक च्याम्पियनसिप (Free style Kayak Championship) प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ ।
नेपाल भ्रमण बर्षको अवसरमा इच्छाकामना गाउँपालिकाले सुरु गरेको भिजिट इच्छाकामनालाई सहयोग पु¥याउनुका साथै दिर्घकालिनरुपमा यस प्रतियोगिता मार्फत पर्यटन प्रवद्र्धन गरि आर्थिक आम्दानीमा वृद्धि पुग्ने विश्वास क्लबले लिएको छ ।