Banner News

नारायणगढ –मुग्लिन सडक खुल्यो

नारायणगढ –मुग्लिन सडक खुल्यो
हीरालाल गुरु मुग्लिन :  पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन  सडकखण्ड सञ्चालनमा आएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित  तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।  आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको सडक  केहीबेर अघि पहिरो पञ्छाई सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ  । अस्ति बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । सडक डिभिजन कार्यालय भरतपुरको मेसिन प्रयोग गरि पह...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
मुग्लिन : नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा गएराती पहिरो खसेपछि सडक पुन :  अवरुद्ध बनेको हो । राती ३ बजेदेखि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिनुभयो ।अहिले पहिरो हटाउने कार्य सुरु भएको निरिक्षक तामाङले बताउनुभयो । सोही स्थानमा पहिरोका कारण बिहिबारदेखि अवरुद्ध भएको सडक शुक्रबार साँझदेखि सञ्चालनमा आएको आएको थियो ।  

पहिरोले सडक बन्द हुदाँ यात्रुलाई सास्ती (फोटो फिचर)

पहिरोले सडक बन्द हुदाँ यात्रुलाई सास्ती (फोटो फिचर)
मुग्लिन : नारायणगढ –मुग्लिन सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै तीन नम्बर पुलमा खसेको पहिरोका कारण विहिबारदेखि सडक बन्द हुदाँ मुग्लिन र पाँचकिलो पारी तनहुँको आँबुखैरेनीको बाटो हुदैँ पैदल मार्फत जोखिमपूर्ण यात्रा गर्दै । सडक बन्द भएपछि नारायणगढ तर्फ पाचँकिलो र मुग्लिन तर्फबाट मुग्लिन पुलजीप हुदैँ झण्डै साढे २ घण्टाको पैदल यात्रा मार्फत आवतजावत गरेका हुन् । तस्बिर : हीरालाल गुरुङ       ...

नारायणगढ–मुग्लिन सडक २८ घण्टापछि सुचारु, ढुंगा खस्न भने रोकिएन

नारायणगढ–मुग्लिन सडक २८ घण्टापछि सुचारु, ढुंगा खस्न भने रोकिएन
चितवन  : पहिरोका अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि खुलेको छ । आज अपरान्ह ५ बजेपछि दुईतर्फी बाटो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक करिब साढे ५ बजेतिर सञ्चालनमा आएको हो। पहिरो पन्छाए पनि समय समयमा ढुंगा खसिरहेकाले यात्रा गर्दा सजगता अपनाउन आग्रह गरिएको छ। ढुंगा खसेपछि दुई वटा मोटरसाइकलका चालकले भागेर ज्यान जोगाएका छन् । चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि...

आज हरिशयनी एकादशी : चतुर्मास व्रत प्रारम्भ,आज घर घरमा तुलसीको बिरुवा रोपिदैँ

आज हरिशयनी एकादशी :  चतुर्मास व्रत प्रारम्भ,आज घर घरमा तुलसीको बिरुवा रोपिदैँ
काठमाडौं :  आज असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ। हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास भनिन्छ। ​चतुर्मासमा व्रत गर्नु शुभ मानिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए। “हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपेपछि सात्विक आहार ग्रहण गरेर चतुर्मास व्रत बस्नुपर्ने शास्त्रीय मान्यता छ,...

आज बकर इद मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा

आज बकर इद मनाइँदै,सरकारले दियो  सार्वजनिक बिदा
काठमाण्डौ :  आज  मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइँदैछ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले बताउनुभयो ।  उहाँका अनुसार बकर इदमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था ...

आजको मौसम : कतै भारी वर्षा, कतै हावाहुरीको सम्भावना

आजको मौसम :  कतै भारी वर्षा, कतै हावाहुरीको सम्भावना
काठमाडौँ : मौसम पुर्वानुमान महाशाखाका अनाुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एकदुई स्थानमा भ...

ललिता निवास प्रकरणः भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ पक्राउ

ललिता निवास प्रकरणः भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ पक्राउ
काठमाडौं  : भाटभटेनी सुपरमार्केटका सञ्चालनक मिन बहादुर गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललिता निवास प्रकरणमा मुछिएका सञ्चालक गुरुङलाई नक्सालबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोप लागेका गुरुङलाई सोधपुछका लागि मंगलबार बिहान सिआईबीकोे टोलीले नक्सालस्थित निवासबाट पक्राउ गरेको हो। ​ ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुङ प्रहरीको फरार सूचीमा थिए

पर्यटन विकास बन्दीपुरको प्राथमिकतामा

पर्यटन विकास बन्दीपुरको प्राथमिकतामा
तनहुँ :  तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ । पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्यहरू प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रूपमा विकास भइरहेको र यसको थप प्रचा...

बचतकर्ताको अर्बौँ ठगी गर्ने शिव शिखर सहकारीका नाइके भारतमा समातिए

बचतकर्ताको अर्बौँ ठगी गर्ने शिव शिखर सहकारीका नाइके भारतमा समातिए
काठमाडौं, १२  असार  ।  अर्बौँ रुपैयाँ ठगी गर्ने शिव शिखर सहकारीका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।  बचतकर्ताको करिब १४ अर्ब रुपैयाँ ठगी गर्ने केदारनाथ शर्मा न्यौपानेलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरेको हो। त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो । शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको न...