मुग्लिन : नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा गएराती पहिरो खसेपछि सडक पुन :  अवरुद्ध बनेको हो । राती ३ बजेदेखि सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिनुभयो ।अहिले पहिरो हटाउने कार्य सुरु भएको निरिक्षक तामाङले बताउनुभयो ।
सोही स्थानमा पहिरोका कारण बिहिबारदेखि अवरुद्ध भएको सडक शुक्रबार साँझदेखि सञ्चालनमा आएको आएको थियो ।