चितवन  : पहिरोका अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि खुलेको छ । आज अपरान्ह ५ बजेपछि दुईतर्फी बाटो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक करिब साढे ५ बजेतिर सञ्चालनमा आएको हो।

पहिरो पन्छाए पनि समय समयमा ढुंगा खसिरहेकाले यात्रा गर्दा सजगता अपनाउन आग्रह गरिएको छ। ढुंगा खसेपछि दुई वटा मोटरसाइकलका चालकले भागेर ज्यान जोगाएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द थियो।