Banner News

केबुलकार नजिकै माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

केबुलकार नजिकै माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु
कुरिनटार  : चितवनको इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको कन्चनङ्गा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका–४ केबलकार नजिक आज दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका कुमा...

स्याङ्गदी खोलामा ट्रस ब्रिजको शिलान्यास, १५ दिनमा सम्पन्न गरिने

स्याङ्गदी खोलामा ट्रस ब्रिजको शिलान्यास,  १५ दिनमा  सम्पन्न गरिने
स्याङ्गदी :   चितवनको इच्छाकामना ७ स्थित स्याङ्गदी खोलामा  ट्रस ब्रिज  बन्ने भएको  छ । आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र प्रमुख प्रशासकिय अधिकृत  जगतप्रसाद भुषालले  शिलान्यास गर्नुभएको हो । करिव २० लाखको लागतमा १५ दिन भित्र निर्माण  सम्पन्न गरिने अध्यक्ष  गुरुङले बताउनुभयो । ४० प्रतिशत  श्रमदान र बाँकी  रकम गाउँपालिकाले बेहोर्ने गरि  निर्माण कार्य शुरु  भएको हो ।  आज शिलान्याससगैँ  गाउँपालिका अध्यक्ष गुरुङ प्रमुख प्रशासकिय अधिकृत भुषालले श्रमदान समेत  गर्नुभएको हो । ...

इच्छाकामनामा स्वास्थ्य शिविर, २५५ जनाले लिए सेवा

इच्छाकामनामा स्वास्थ्य शिविर, २५५ जनाले लिए सेवा
दारेचोक : चितवनको  इच्छाकामना ३ माझ गाउँ माविमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्  जिल्ला कार्य समिति चितवनको आयोजनामा  असार ९ गते  बृहत्  नि : शुल्क स्वास्थ्य  शिविर सम्पन्न भएको हो । शिविरमा  २५५ जनाले स्वास्थ्य   सेवा लिएका थिए ।   शिविरमा  विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट  स्वास्थ्य जाँच तथा उपचार गरिएको आयोजकले जनाएको छ ।

मार्किचोक सव–स्टेशनमा समस्या आएपछि गोरखा तनहुँ र चितवनको इच्छाकामनामा विद्युत सेवा अवरुद्ध

मार्किचोक सव–स्टेशनमा समस्या आएपछि  गोरखा तनहुँ र  चितवनको इच्छाकामनामा विद्युत सेवा अवरुद्ध
कुरिनटार, ९ असार ।  नेपाल विद्युत  प्राधिकरणको   मार्किचोक सव–स्टेशनमा जडानमा रहेका १३२/३३ के.भि.30 MVA को  पावर ट्रान्सफर्मरमा समस्य आएपछि  विद्युत सेवा अवरुद्ध भएको छ । ट्रान्सफर्मरमा समस्या आएपछि   गोरखा , तनहुँ र  चितवनको  इच्छाकामनामा  विद्युत सेवा अवरुद्ध   भएको हो ।  मर्मत सम्भार गर्नु पर्ने भएकाले  उक्त ट्रान्सफर्मर मर्मत नहुन्जेल  सम्म विदूत सेवा अवरुद्ध हुने  नेपाल विदूत प्राधिकरण गोरखा  वितरण केन्द्र  गोरखाले जनाएको छ ।

इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ७ लाख ७० हजार ८४६ रुपैयाँ बजेट

इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड  ७ लाख  ७० हजार ८४६ रुपैयाँ  बजेट
कुरिनटार, ८ असार ।  चितवनको इच्छाकामना गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ को अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवालले  १३ औँ गाउँसभामा सार्वजनिक गर्नुभएको इच्छाकामनाको बजेट  ६७ करोड ७ लाख   ७० हजार  ८ ४६ रुपैयाँ  ३ पैसा  रहेको छ । जस मध्ये संघिय सरकारबाट रु. ४७ करोड ४९ लाख ४५ हजार ९००, प्रदेश सरकारबाट रु ८ करोड १३ लाख ६ हजार  ८८७  रुपैयाँ ३३ पैसा हेको छ । आन्तरिक आय तर्फ भने रु १० करोड ५६ लाख १८ हजार ५८ रुपैयाँ  ७०  पैसा आय हुने अनुमान गरिएको छ । व...

गोरखामा जन्ति बोकेको गाडी दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमै मृत्यु

गोरखामा जन्ति बोकेको गाडी दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमै मृत्यु
मनकामना ८ असार । गोरखाको शहिद लखन गाउँपालिका वडा नं। ५ स्थित ताक्लुङको सिलिङखोला भन्ने स्थानमा मध्यरातमा जन्ती बोकेर फर्कदै गरेको टाटा योद्धा गाडी दुर्घटनामा परेको छ । गाउँपालिकाकै वडा नं। ३ स्थित सिलिङकोटमा जन्ती आएर ताक्लुङ पोखरीछाप फर्कदै गरेको गाडी आज राति करिब साढे १२ बजेतिर सिलिङ र डाँडबारी बिचको अमलडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको र १३ जनाको राति नै उद्दार गरि उपचारका लागि तनहुँको आँबुखैरेनी पठाईएको घटनास्थलबाट ...

सुख्खा पहिरोका कारण नारायण्गढ –मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरोका कारण नारायण्गढ –मुग्लिन सडक अवरुद्ध
मुग्लिन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक  अवरुद्ध  बनेको छ ।  आज दिउँसो १ :  ५५ बजे चितवनको इच्छाकामना ६ नाम्सी खोला पुलमा  सुख्खा  पहिरो खसेपछि  सडक दुइतर्फी अवरुद्ध भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले  जनाएको छ । पहिरो पछाउने कार्य सुरु भएको र पहिरो पञ्छाउन  दुई  घण्टा  लाग्ने प्रंहरीको  भनाई छ ।

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ : अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको...

इच्छाकामनाको निति तथा कार्यक्रम : शिक्षक,जनप्रतिनिधि र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई बढाउनुपर्ने

इच्छाकामनाको निति तथा कार्यक्रम :  शिक्षक,जनप्रतिनिधि र सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई    बढाउनुपर्ने
कुरिनटार, ५ असार ।  चितवनको इच्छाकामना गाउँपालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकका साथै सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक निति तथा कार्यक्रम आज सार्वजनिक गर्दै आगामी वर्षदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एंव जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने व्यवस्था मिलाउने भएको हो । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षामा गुणस्...

इच्छाकामनाको दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि सुझाब संकलन कार्यशाला गोष्ठी

इच्छाकामनाको दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि  सुझाब संकलन कार्यशाला गोष्ठी
इच्छाकामना :  चितवनको इच्छाकामना  गाउँपालिकाले दश बर्षे गाउँ शिक्षा योजना निर्माणका लागि सुझाब संकलन कार्यशाला गोष्ठी  सम्पन्न गरेको छ । इच्छाकामना गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको  आयोजनामा  चुम्लिङ्गटार स्थित सिद्धार्थ रिर्सोटमा गाउँ शिक्षा योजना  २०७९/८०–२०७९/९० निर्माण सम्बन्धी सुझाब संकलन कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा शिक्षक, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायत सरोकारवााहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशा...