पत्रकार विवेक पोख्रेल युवा आधुनिक सामूहिक खेती फर्मको प्रथम कृषि सम्मान पुरस्कार– २०८० बाट सम्मानित भएका छन्।

लामोसमय देखि  किसानमा समर्पित पत्रकारिता सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत २०औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको अवसरमा सम्मान गरिएको हो।

भरतपुर– २० मा नेपाल समाजवादी महासंघ, युवा आधुनिक सामूहिक किसान फर्म र साकम्भरी ताजा तरकारी कृषि सहकारी संस्थाले संयुक्त रूपमा आयोजित महोत्सवमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र युवा आधुनिक सामूहिक खेती फर्मका अध्यक्ष अधिवक्ता लेखनाथ भुसालले खादा ओडाएर प्रमाणपत्र र नगद १० हजारसहित पोख्रेललाई सम्मान गरेका हुन्।

भरतपुर- २५ रहेको युवा आधुनिक सामूहिक खेतीले यसै वर्षदेखि कृषि सम्मान पुरस्कारको सुरुवात गरेको छ। ०७७ सालमा स्थापना भएको साे फर्ममा २५ भन्दा बढी युवाले सय बिघाभन्दा बढी जग्गामा खेती गर्दै आएको संस्थाका सचिव सुमन सुवेदीले जानकारी दिए। उनले कृषि सम्मान पुरस्कारलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै जाने बताए।

चितवनमा रहि नयाँ पत्रीका राष्ट्रिय दैनिक र स्थानिय संचारमाध्यमा काम गर्दै आएका पत्रकार पोखरेल खोजमुलक, कृषि र अन्य जनताको प्रत्येक्ष समस्या समेटेर समाचार बनाउने पत्रकारको रुपमा प्रख्यात हुँदै गएका छन।