मुग्लिन, १७ असार  ।  नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुलमा गएराती  १० : ३० बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
अहिले पहिरो पञ्छाउने तयारी भइरहेको  इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  पहिरोमा विद्युतको  तार रहेको र सो तार हटाएपछि पहिरो पञ्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका  प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले बताउनुभयो । पहिरो हटाउन मेसिन तयारी अवस्था रहेको उहाँले  बताउनुभयो ।