मुग्लिन : हिरोका कारण अवरुद्ध बनेको नारायणगढ– मुग्लिन सडक  दुइतर्फी सञ्चालनमा आएको छ ।  गएराती साढे ११ बजे चितवनको  इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका  थिए ।
पहिरो  पञ्छाई साँझ   ६ बजेदेखि सडक दुइतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले  जनाएको छ । चालकहरुलाई  आफ्नो लेन  अनुशासनमा रहि सुरक्षित यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।