Banner News

तनहुँको आँबुखैरेनी स्थित ऐना पहरामा ‘इन्द्रेणी’ लोक दोहोरी कार्यक्रम हुने

तनहुँको आँबुखैरेनी स्थित ऐना पहरामा ‘इन्द्रेणी’ लोक दोहोरी कार्यक्रम हुने
आँबुखैरेनी, १४  जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ४ स्थित ऐना पहरामा आगामी जेष्ठ १६ गते शुक्रबार  ‘इन्द्रेणी’नामक लोक दोहोरी कार्यक्रम आयोजना हुने भएको छ। सांस्कृतिक विकास केन्द्रद्वारा आयोजना गरिने उक्त कार्यक्रममा विभिन्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुती दिने छन्। कार्यक्रम बिहान ११ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ।कार्यक्रममा सहभागिता जनाउनका लागि टिकटको मूल्य रु.१५० राखिएको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस कार्यक्रम...

इच्छाकामना गाउँपालिकाले विपद्का घटनाबाट घरमा क्षती पुगे एक लाखसम्म र मानिसको मृत्यु भए ५० हजार उपलब्ध गराउने

इच्छाकामना गाउँपालिकाले विपद्का घटनाबाट घरमा क्षती पुगे एक लाखसम्म र  मानिसको मृत्यु भए ५० हजार उपलब्ध गराउने
इच्छाकामना ,९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७४ संसोधन गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले कार्यविधि संशोधन गरेका हुन् । संशोधित कार्यविधिमा विपद्का घटनाहरु बाढी–पहिरो आगालागी, चट्याङ लगायतबाट घरमा क्षती पुगे रु एक लाख सम्म र मानिसको मृत्यु भएमा तत्काल क्रिया खर्च ५० हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख छ । साथै पक्की घरमा पूर्ण क्षती भएमा रु ३० हजार उपलब्ध गराउँदै आएकोमा उक्त रकम बढाएर  रु.एक लाख र कच्ची घ...

चनौलीबजारमा टिभिएसको ग्राण्ड एक्सचेञ्ज मेला हुने, पुरानो साधन एक्सचेञ्ज गरि नयाँ लैजान सकिने

चनौलीबजारमा टिभिएसको ग्राण्ड एक्सचेञ्ज मेला हुने, पुरानो साधन एक्सचेञ्ज गरि नयाँ लैजान सकिने
चितवन ,९ जेठ । पश्चिम चितवनको ब्यापारीक केन्द्र चनौलीबजारमा टिभिएसको ग्राण्ड एक्सचेञ्ज मेला हुने भएको छ। आगामी जेष्ठ ११ देखि १६ गतेसम्म चनौली रेडक्रस भवन अगाडिको चौरमा हुने भब्य कार्यक्रमले यस क्षेत्रको पहिचानमा थप टेवा पुर्याउनुका साथै व्यवसायिक क्षेत्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ। टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता अबिशा इन्टरप्राइजेजको आयोजनामा हुने उक्त कार्यक्रममा ग्राहकले आफ्नो पुरानो साधन एक्सचेञ्ज गरि टिभिएस ब्रान्डको नयाँ स्कुटी वा मोटरसाइ...

नागढुङ्गा–नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द गरिने

नागढुङ्गा–नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द गरिने
काठमाडौ ,७जेठ :    राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सड...

दाहाखानी भ्यू रिसोर्ट स्विमिङ पुलमा एक युवकको मृत्यु

दाहाखानी भ्यू रिसोर्ट स्विमिङ पुलमा एक युवकको मृत्यु
इच्छाकामना,७ जेठ । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भ्यू रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । महतो आफ्ना १० जना साथीहरूसँग म‌गलबार साँझ ६ बजेतिर रिसोर्टमा गएका थिए । त्यहीँ खाजा खाइसकेपछि उनले स्विमिङ पूलमा नुहाउन गएका थिए ।लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनलाई उद्धार गरी राति साढे १२...

बन्यजन्तुका लागि असुरक्षित बन्दै पृथ्वीराजमार्ग ,लेवाटारमा फेरी सवारीको ठक्करबाट मरे मृग

बन्यजन्तुका लागि असुरक्षित बन्दै पृथ्वीराजमार्ग ,लेवाटारमा फेरी सवारीको ठक्करबाट मरे मृग
इच्छाकामना,६जेठ : पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ लेवाटारमा सवारी साधनको ठक्करबाट मृग मरेका छन् ।  सव डिभिजन वन कार्यालय इच्छाकामनाका रेन्जर सागर सुवेदीका अनुसार मङ्गलबार विहान ७ : ३० बजे सडक पार गर्ने क्रममा ट्रकको ठक्करबाट पोथी रतुवा मृग  मरेका हुन् । स्थानीय सञ्जय खनालका अुसार लेवाटार क्षेत्र वरपरका जङ्गलबाट मृगहरु सडक पार गरि पानी खान त्रिशूली नदी तर्फ जाने गर्छन् । आइतबार पनि लेवाटारमै सवारीको ठक्करबाट  रुतुवा मृग घाइते भएका थिए ।  उहाँका अनुसार यस बर्ष लेवा...

कुरिनटारमा जेठ ४ गते अपाङ्गता पहिचान परिक्षण घुम्ती शिविर हुदैँ

कुरिनटारमा जेठ ४ गते अपाङ्गता पहिचान परिक्षण घुम्ती शिविर हुदैँ
इच्छाकामना :  चितवनको इच्छाकामनामा  अपाङ्गता पहिचान परिक्षण घुम्ती  शिविर हुने भएको छ । इच्छाकामना गाउँपालिका र विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा  १८ बर्ष सम्मका शारिरिक अपाङ्गगता भएका बालबालिकाका लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा जेठ ४ गते आइतबार अपाङ्गता पहिचान परिक्षण घुम्ती  शिविर  हुने भएको हो । घुम्ती शिविरमा जन्मतजात खुट्टाको पैतलाा भित्र वा बाहिर फर्केको क्लब फुट,आगोले पोलेर अंगहरु एकआपसमा ...

सरकारी नीतिको दुरुपयोग गर्दै चितवन मेडिकल कलेज(सिएमसी),सर्वसाधरणलाई भ्रमित पार्ने विज्ञापन

सरकारी नीतिको दुरुपयोग गर्दै चितवन मेडिकल कलेज(सिएमसी),सर्वसाधरणलाई भ्रमित पार्ने विज्ञापन
सुमन सुवेदी भरतपुर :  चितवन मेडिकल कलेज (CMC) ले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट क्यान्सर पीडितहरूलाई दिइने निःशुल्क उपचार सुविधा (३ लाखसम्मको) लाई आफूले प्रदान गर्ने सेवा हो भन्ने भ्रामक आशयसहितको ठूलो होर्डिङ बोर्डमार्फत प्रचार गरिरहेको पाइएको छ।सरकारले जारी गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत गम्भीर रोगहरू, जस्तै क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी आदि उपचारका लागि निश्चित शर्तमा अधिकतम ३ लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराइन्छ। यो सुविधा सरकारी य...

सर्व शान्ति २०६२ एसएलसी ब्याचद्वारा आलडाडाँका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सर्व शान्ति २०६२ एसएलसी ब्याचद्वारा आलडाडाँका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
इच्छाकामना :  सर्व शान्ति माध्यमिक विद्यालय २०६२ एसएलसी ब्याचद्वारा राष्ट्रिय आधारभूत विद्यालय आलडाडाँ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरका छन् । गाउँपालिका पूर्व अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यतामा झोला, कापी, कलम लगायत शैक्षिक सामाग्री वितरण गरेका हुन् । विद्यायका ४३ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । सर्व शान्ति माध्यमिक विद्यालय  २०६२ एसएलसी ब्याचका विद्यार्थीहरुले आफै रकम संकलन गरेर शैक्षिक सामाग्री वितरण गरिएको हो । संयोजक धन बहादुर बानियाँ सह–...

तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न

तीन दिने क्षमता विकास तथा उद्घोषण  तालिम सम्पन्न
इच्छाकामना :  चितवनको इच्छाकामना ४ लेवाटामा तीन दिने क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा नम्बर ४ को कार्यालयको आयोजना तथा  सामुदायिक रेडियो इच्छाकामना एफ एम कुरिनटारको सहजिकरणमा  वैशाख  २८ गतेदखि  सुरु भएको तालिम मङ्गलबार सम्पन्न भएको हो । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले यस  तालिममबाट सहभागीहरुले प्राप्त गरेका  ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । बोल्न सक्ने कलाले महिलाहरुमा आत्मविश्वास बढ्ने उहाँको भनाई छ । गाउँपालिकाले महिलाहरुक...