चितवन ,९ जेठ । पश्चिम चितवनको ब्यापारीक केन्द्र चनौलीबजारमा टिभिएसको ग्राण्ड एक्सचेञ्ज मेला हुने भएको छ। आगामी जेष्ठ ११ देखि १६ गतेसम्म चनौली रेडक्रस भवन अगाडिको चौरमा हुने भब्य कार्यक्रमले यस क्षेत्रको पहिचानमा थप टेवा पुर्याउनुका साथै व्यवसायिक क्षेत्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको दाबी छ। टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता अबिशा इन्टरप्राइजेजको आयोजनामा हुने उक्त कार्यक्रममा ग्राहकले आफ्नो पुरानो साधन एक्सचेञ्ज गरि टिभिएस ब्रान्डको नयाँ स्कुटी वा मोटरसाइकल खरीद गर्न सक्नेछन् । यस अवसरमा ग्राहकले गुडे पनि नगुडे पनि जस्तोसुकै अवस्थाको पुरानो साधनको न्युनतम मुल्यांकन रु.३०,००० प्राप्त गर्नुका साथै नगद खरीदमा रु.८,०००  सम्म र फाइनान्स खरीदमा न्युनतम ७.९९% ब्याजदरमा सरल फाइनान्स सुबिधा प्राप्त गर्ने अबिशा इन्टरप्राइजेज चनौलीका संचालक बिकास घिमिरेले बताउनुभयो ।

५० वटा मोटरसाइकल तथा स्कुटी बिक्रि गर्ने लक्ष्यका साथ सन्चालन गर्न लागिएको उक्त इभेन्ट, यस क्षेत्रमा कुनैपनी कम्पनीले सञ्चालन गरेको अहिलेसम्मकै ठूलो इभेन्ट भएको दाबी गर्दै कम्पनीसँग भेरीयन्ट र कलर अप्सनका हिसाबले सबैभन्दा ठूलो संख्या रहेकोले सहजै लक्ष्य प्राप्त हुनेमा बिश्वस्त देखिन्छ । लाइफटाइम इन्जिन वारेन्टी प्रदान गर्नुका साथै अत्याधुनिक टेक्नोलोजीले भरीएका यस कम्पनीको एनटर्क स्कुटीका विभिन्न भेरीयन्ट र राइडर १२५ सिसि मोटरसाइकल युवापुस्ता माझ निक्कै लोकप्रिय मानिन्छ।