भरतपुर  : कवि एवम् पत्रकार कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले पत्रकारका लागि नगद सहितको तीन वटा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । मंगलबार भरतपुरमा प्रेस सेन्टर नेपाल भरतपुर महानगर कमिटीले आयोजना गरेको ‘राजनीतिक परिवर्तनमा पत्रकार इच्छुकको योगदान’ विषयक अन्तरक्रिया एवम् पुरस्कार घोषणा कार्यक्रममा इच्छुक आजीवन पत्रकारिता सम्मान, प्रज्ञा उदीयमान पत्रकारिता पुरस्कार र ईन्द्रदेव रङ्ग पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

कमिटी अध्यक्ष किशोर सापकोटाले भरतपुर महानगरपालिकामा घर भएर जुन सुकै ठाउा वा स्थानमा पुगेर पत्रकारिता गरेका वा अन्यन्त्र घर भएर पनि भरतपुरमा आएर पत्रकारिता गरेका प्रेस सेन्टरका सदस्यहरुलाई प्रदान गर्ने उद्देश्यसहित पुरस्कारको कल्पना गरिएको बताए ।