चितवन :  चितवनको ईच्छाकामना ३ की मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग गरिएको छ । मृगौलामा समस्या देखिएपछि सहयोगको याचना गरेकी ईच्छाकामना ३ की मित्र कुमारी गुरुङ्ग लाई सहयोग हस्तान्तरण गरिएको हो । ईच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ्गको पहलमा प्रबासी मुलुक अमेरीकाबाट सहयोग रकम प्राप्त भएको हो ।

पिडितको सहयोगका लागी ६२ हजार पाँच सय १६ रुपैँया सहयोग रकम मकाउ जनसम्पर्क समितिका सस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य (हाल) अमेरिकाबाट अम्बिर जोशीले संकलन गरेको बताउनुभयो । जसमा राप्ती समाज अमेरिकाले १२० डलर,कृष्णजिबी पन्त १०५ डलर, अम्बिर जोशी १०१ डलर, माधब जोशी १०१ डलर र श्यामकाजी गुरुङ्गले ५० डलर सहयोग प्रदान गरेका थिए ।