मुग्लिन : नारायणगढ– मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना ६ नाम्सीखोला पुल नजिकै बुधबार विहान ६:३० बजे पहिरो खस्दा सडक एकतर्फी मात्र सञ्चालनमा रहेका थिए ।
पहिरो पञ्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर इश्वर क्षेत्रीले जानकारी दिनुभयो ।
इच्छाखबर संवाददाता












