काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ।यी तीनै प्रदेशका थोरै स्थानमा दिउँसो पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति पनि यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
इच्छाखबर संवाददाता












