भरतपुर । चितवनको भरतपुर महानगरपालिका१ का वडा अध्यक्ष केशब महर्जनले नेपालीहरुको नजिकिदै गरेको ठुला चाडपर्वहरुमा मूल्य वृद्धि गरेर व्यवसायी गर्ने बजारहरुमा कडाइका साथ अनुगमन गर्ने भएका छन् । दशै, तिहार र छठ्ठ पर्बहरुको अवसरमा बजारमा किनमेलको लागि बढ्ने घुइँचोलाई लक्ष्यित गरेर ब्यापारीहरुले ग्राहकहरुलाई मूल्य वृद्धि गरेर सरसामान बेचबिखन गर्ने गरेकोले त्यस्ता गतिविधिलाई रोक्ने र फुट्पाथ ब्यवस्थापन समेतलाई अत्यन्त कडाईका साथ हेरिने बताएका छन् । जुवातास, पट्का, आतिशबाजि जस्तो खतराजन्य चिजको बिक्री बितरण गर्ने माथी पनि प्रतिबन्ध गर्ने निर्णय गरेका छन् ।
इच्छाखबर संवाददाता












