मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका गोरखा होटलमा एक महिलासँग सँगै बसेका उक्त पुरुष आज बिहान मृत फेला परेको हो ।

मृतक पुरुषको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । यस्तै पुरुषसँगै बसेका महिला भने फरार भएको छ । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।