काठमाडौं : नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिनका लागि बन्द हुने भएको छ। यसअघि जेठ १० गतेदेखि आजसम्म दैनिक बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएकोमा अब यो अवधि जेठ ३० गतेसम्म लम्ब्याइएको छ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सार्वजनिक सूचना जारी गर्दै सडक मर्मत तथा स्तरोन्नतिको कार्य जारी रहेकाले उक्त अवधि बिहान १०:३० देखि दिउँसो ३:०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ।
सडक बन्द रहने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रूपमा सीतापाइला–रामकोट–धार्के मार्ग तथा सामाखुशी–टोखा–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न सूचनामा आग्रह गरिएको छ।
इच्छाखबर संवाददाता












