इच्छाकामना,४ असार :  चितवनको इच्छाकामना गाउँपालिका आर्थिक बर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्ने तयारी छ । गाउँपालिकाले सबै सरोकारवालाहरुसँग सुझाव संकलन गरिरहेका छन् ।
तर गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई भने गम्भीर आरोप लागेको छ । अध्यक्ष गुरुङलाई बजेटमा राजनिति गरेको आरोप लागेका हुन् । नेपाली कांग्रेस इच्छाकामनाका सचिव तूल गुरुङले अध्यक्ष गुरुङले १० लाख बजेट विनियोजन गरिदिने तर नेकपा एमालेमा प्रवेश गर्नपर्ने सर्त राखेको आरोप लगाएका हुन् ।
उनले समाजिक सञ्चालन फेसबुकमा लेखेका छन्“१० लाख बजेट विनियोजन गर्दिन्छौ हाम्रो एमाले पार्टीमा प्रवेश गर्नुप¥यो भन्ने इच्छाकामना गाउँपालिका अध्यक्षसहित उपस्थितको भनाई । ”
यसैबिच गाउँपालिका अध्यक्ष दान बहादुर  गुरुङ र नेकपा एमाले इच्छाकामनाका पार्टी अध्यक्ष प्रकाश अधिकारीले यस आरोपको खण्डन गरेका छन् ।कांग्रेस सचिव तुल बहादुर गुरुङले अध्यक्षको नाम नै उल्लेख गरेर आरोप लगाएपछि आरोप सहितको स्टाटसमा कमेन्ट गर्दै‘ ए ज्वोइ साव नहुदो कुरो नबोल है को लाइ भन्यो म लाई भन्नुस’ भनेर प्रतिप्रश्न गरेका छन् ।

यसैबिच नेकपा एमाले अध्यक्ष प्रकाश अधिकारीले यस आरोपको खण्डन गर्दै फेसबुक मार्फत ध्यानाकर्षण भएको बताएका छन् ।

यस्तो छ एमाले अध्यक्ष अधिकारीको भनाई
गम्भीर ध्यानाकर्षण सम्बन्धमा !
“ इच्छाकामना गाउँपालिकाको नेपाली कांग्रेसको सचिव जस्तो गरिमामय पद को जिम्मेवार ब्याक्ती तुल बहादुर गुरुङ ले कपोकल्पित भ्रामक र बिना प्रमाण गाउँपालिका अध्यक्ष तथा हाम्रो पार्टी नेकपा एमाले को नेता दानबहादुर गुरुङ माथि सामाजिक संजालमा जुन किसिमको भ्रम छर्न खोजीएको छ त्यो ज्यादै नै खेदजनक र निन्दनीय छ ।नेकपा एमाले इच्छाकामना गाउँपलिका कमिटी ।”

यसैबिच इच्छाखबरसँग कुराकानी गर्दै सचिव गुरुङले आफुसँग अडियो ,भिडियो वा लिखित प्रमाण नभएपनि पालिका अध्यक्षको उपस्थितिमा उक्त भनाई जनसमक्ष आएको बताए । उक्त भनाइको साछी धेरै नागरिक रहेको बताए । कांग्रेस सचिव तुल गुरुङ र गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ वडा नम्बर ६ वडाका हुन् ।